इराकका प्रधानमन्त्री नुरी कामोल अलमालिकीले अमेरिकी सेना चालु वर्षको अन्तमा इराकबाट हट्ने कुराले इराकको सुरक्षामाथि असर नपर्ने बताउनुभएको छ।
इराकमा तैनाथ गरिएको अमेरिकी सेना चालु वर्षको अन्तमा इराकबाट हट्ने कुरा अमेरिकी राष्ट्रपति बाराक ओबामाले 21 तारिखका दिन घोषणा गर्नुभएको छ। इराकका प्रधानमन्त्रीले हिजो राजधानी बाग्दामा अमेरिका पक्षको सम्बोधनलक्षित उक्त कुरा बताउनुभएको हो।
सोही दिन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ताजकिस्तानका राष्ट्रपति एमोमालीसंग भेट-वार्ता गर्नुभएपछि आयोजित पत्रकार सम्मेलनमा इराकबाट सेना हट्नु इराकको लडाईं समाप्त हुन लागेको द्योतक भएको कुरा व्यक्त गर्नुभएको छ।अमेरिकाले इराकलाई स्थिर,सुरक्षित र प्रजातान्त्रिक मुलुक निर्माण गर्नका लागि समर्थन र सहायता दिने कुरा उहाँले पनि बताउनुभएको छ।