ठाडामा करोडौंको सार्वजनिक जग्गा अतिक्रमणको विरोध (तस्बिर सहित)


अर्घाखाँचीको ठाडा गाविसका निवर्तमान गाविस अध्यक्ष वसन्त कुमार श्रेष्ठले ५ रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको भन्दै सार्वजनिक जग्गा छाडन माग गर्दै विरोध -यालीमा सहभागी ठाडा गाविसका सर्वसाधारण ।

 

– वीरेन्द्र केसी 

 
ठाडा,  अर्घाखाँची – ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर बसेको पुष्टी भएपछि स्थानीय सर्वसाधारण विरोध गरेका छन ।

 

ठाडाको डमरु दह छेउ नजिकै रहेको सार्वजनिक जग्गा श्रेष्ठले २७ वर्षदेखी भोगचलन गर्दै आएका थिए । जिल्ला अदालतले उक्त जग्गा सार्वजानिक भएको ठहर गरेपछि  सयौको संख्यामा उपस्थित गाउँलेले नारा जुलुस सहित विरोध -याली नै निकालेर श्रेष्ठले कब्जा गरी बसेको जग्गा तुरुन्त छाडन चेतावनी दिएका छन । पर्यटकीय स्थल डमरु तालको छेउमा श्रेष्ठले ५ रोपनी ३ आना ३ दाम महत्वपुर्ण स्थानमा रहेको जग्गा २७ वर्षदेखी कब्जा गर्दै आएका थिए । विरोध सभामा आक्रोशित सहभागीहरुले जनतालाई ठगी सर्वजनिक जग्गा अतिक्रमण गर्ने श्रेष्ठ गाउँ छाडन चेतावनी दएका छन ।

 


अतिक्रण गरी बनाएको अर्घाखाँची ठाडा गाविसका पुर्व गाविस अध्यक्ष वसन्त कुमार श्रेष्ठको घर ।


ठाडाको उक्त पंचायतकालमा सदरमुकाम बसेकोले अर्घाखाँचीको दोस्रो सदरमुकामको रुपमा लिईन्छ । अहिले पनि जिल्लाको दक्षिणी क्षेत्रका मुख्य नाका भएकाले उक्त स्थानमा रोपनीको ५० लाख रुपैयाँ मुल्यमा बिक्री हुदै आएको छ । श्रेष्ठले झण्डै चार करोड मुल्य पर्ने सार्वजनिक जग्गा कब्जा गर्दै आएको गाउँलेको भनाई छ । पंचायतकालमा पाचहरुको आडमा कब्जा गरी बसेको र २०५२ सालमा गाविस अध्यक्ष भएको बेला सर्वजनिक जग्गा आफनो भएको भन्दै पक्की घर बनाएका थिए । अतिक्रमित सार्वजनिक जग्गा छानविन गर्न गाउँलेले जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । गत मंगलवार जिल्ला न्यायाधिश ऋिषि प्रसाद अधिकारीको ईजालसले वसन्त श्रेष्ठले भोगचलन गर्दै आएको सबै जग्गा सार्वजनिक भएको ठहर गर्दछ पैसलामा भनिएको छ चिउरी ध्यु उद्योगको नाममा सरकारको जग्गा रहेको र श्रेष्ठले श्रेस्ता कार्यम नभएकाले सर्वजनिक ठहर गर्दछ ।  
 


अर्घाखाँचीको ठाडा गाविसका निवर्तमान गाविस अध्यक्ष वसन्त कुमार श्रेष्ठले ५ रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको भन्दै सार्वजनिक जग्गा छाडन माग गर्दै विरोध -यालीमा सहभागी ठाडा गाविसका सर्वसाधारण ।


जग्गा सर्वाजनिक भएको ठहर गरेपछि ठाडाका सयौ स्थानीय सर्वसाधारण गाउँले अतिक्रमण गरी बसेको जग्गामा उपस्थित भई विरोध गर्दै सार्वजनिक जग्गा छाडन भन्दै घर घेरेका थिए ।
 

जनतालाई ठग्दै सार्वजनिक जग्गा कब्जा गर्ने कार्य जो भएपनि गलत भएकाले विरोध गरेको ठाडाका स्थानीय मोती बेल्वासेले बताए । उनले दशैको बेला सराय नाच गर्ने मेला लाग्ने सर्वजनिक सभा गर्ने यो गाविसकै सबैभन्दा महत्वपुर्ण जग्गा हो उनले भने आफनो जग्गाको बारे कुरा उठाए जे पनि गर्न सक्ने पटक पटक धम्क्याउदै आएका थिए । अतिक्रमण गरी बस्दै आएको जग्गा तुरुन्त नछाडे श्रेष्ठलाई गाउँबाट लखेटने चेतावनी विरोध सभामा सहभागी सर्वसाधारणले चेतावनी दिएका छन  । सयौको सख्यामा सर्वसाधारणले घर घेरा हाली विरोध गरेपछि ठुलो संख्यामा सुरक्षाकर्मी समेत तैनाथ गरिएको थियो । 

 
सार्वजनिक जग्गा अतिक्रमण गरिएको विरोध गरेको भन्दै श्रेष्ठले २०६७ पुसमा काठ चोरी गरेको भन्दै आफनै ३० जना छिमेकीलाई उजुरी दिएपछि वन कार्यलयले तीन महिना उनीहरुलाई पुर्पक्षमा थुनामा राखेपछि विवाद बढदै जाँदा आक्रोशित गाउँले खुलेरै उनको विरोध गर्दै आएका थिए । वर्षौ देखी आफु बस्दै आएको जग्गा सर्वजनिक भन्ने जे पनि गर्ने धम्की दिदै आएका थिए स्थानीय होमनाथ भुसालले विरोध सभामा भने वसन्तले जग्गा तत्काल नछाडे जनताले गाउँबाट लखेटनेछन । राजा वीरेन्द्र शाह ठाडाको भ्रमण आएका बेला २०४० सालमा चिउरी मिल उद्योग स्थापना गरिएको थियो स्थानीय दिपक कुमार पौडेल भने त्यतिबेला काशिराम गौतम र श्याम श्रेष्ठले साचालन गरेको चिउरी ध्यु उद्योग मिलमा ड्राईभरको काम गर्न आएका वसन्त श्रेष्ठ कार्यरत थिए । 

 


अतिक्रमण गरि बसेको सार्वजनिक जग्गा परिसर भित्र सर्वसाधारण र प्रहरी ।


 ०४३ सालमा मिल घाटामा गएकाले बन्द भयो र सरकारको लागनीमा साचालन भएको घरसहितको मिलमा बस्दै आएपछि श्रेष्ठले आफनो कब्जामा राखेको उनले बताए । उद्योग बन्द भएपछि वसन्तले मिलका महत्वपुर्ण पाट पुर्जाहरु बिक्री गरेकोले र धार्मिक कार्यक्रम सार्वजनिक जग्गामा खेती गर्दै आएका छन भने ०४० सालमा सार्वजनिक पौवा रहेको स्थानमा अहिले दुई तले पक्की घर निमर्ँण गरी बसेको स्थानीय नारायण बेल्वासेले बताए । वसन्तले बस्दै आएको जग्गा चिउरी मिल उद्योगको नाममा छ भने दुई तले पक्की घर सार्वजनिक जग्गामा बनाएको र अन्य काममा पनि गाउँलेलाई ठग्दै आएको गाउँलेको आरोप छ ।
 

पडित वसन्त श्रेष्ठले २०४० सालमा सरकारले चिउरी मिल उद्योग सचालन गर्न दिएको बताउँदै जिल्ला अदालतले सार्वजनिक ठहर गरेपनि चित्त नबुझेकाले पुनरावेदनमा जाने बताए । यो जग्गा त्यतिबेला मन्त्रीपरिषदको निर्णयले आफुलाई चिउरी मिल सचालन गर्न स्वीकृत दिएकाले भोगचलन गर्दै आएको बताए ।

 












Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.