सपनाको शहरमा

भिम बस्नेत
बागी ८ ,अर्घाखाँची, नेपाल
हाल दोहा कतार


—————————————
दुई दिन जिउन पनि रहर भो यो जिन्दगी
खहरे झै सुकेर आज बगर भो यो जिन्दगी …


सपनाको   शहरमा  बालुवाको  घर  बनाएँ
चाहना टुटे बालुवाको शहर भो यो जिन्दगी…


जिन्दगी त सागर सरी उर्लदो त्यो छाल रहेछ
छाल  सँगै  लहराउने  लहर  भो  यो  जिन्दगी…


यो मनको फुलबारिमा सिचाइ गर्ने नशा नदी
खडेरीमा सुकेको त्यो नहर भो यो जिन्दगी ….


सोचेंकोथेँ सबै फल अमृत सरी हुन्छन् भनी