तिहारको अवसरमा दिदीलाई पत्र – उमाकान्त पाण्डे गाउंले


 

– उमाकान्त पाण्डे गाउले
  अर्घाखाँची बल्कोट ३ साजबोट
      हाल: यूएई –  आबुधाबी
अर्घाखाँची डट्कम् मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख

 

 

समर्पण: मेरा जस्तै सबैका दिदीहरु प्रती
आदर्णीय दिज्यु दर्शन,

 

आरामै हुनुहुन्छ होला आशा छ।खाशै पत्र नै लेख्नु पर्नेत त्यस्तो केही थिएन र पनि हजुरहरुको माया र शुभआशिर्बादले आज सम्म शकुशल छु र आगामी दिन मा पनि हजुर हरु को यस्तै माया अनी आशिर्बाद ले निरन्तरता पाएमा सफलताको शिखर चड्दै जाने छु भन्ने शन्देश हजुरहरु सम्म पुराउने जमर्को मात्र गरेको संचार माध्यम बाट।प्रिय प्यारी जेठि दिज्यु के गर्दै हुनुहुन्छ?गणतन्त्र पछी का यि दिन हरु?युद्द गरी रोल्पा हुँदै काठमाण्डौ जाने सडक त पक्की भयो भनेर केही पहिला को संबिधानसभाको चुनाव बाट बिजय भएपछी महशुश गरेको घटना सुनेको थिए। तर त्यो बाटो त युद्द को भन्दा पनि अझ गार्हो रहेछ पहिला पहिला युद्द गरिरहदा त मात्र दुश्मन को गोली को डर हुन्थ्यो आज भोली त बिच बिच मा आउने पहाड र हिड्ने बेला मा खुट्टा को सहारा का लागि टेकेको बैसाखी ले समेत सणयन्त्र गर्दै बिच बाटो मै लडाउछ ।


 
घर का परिवार बिच को झगडा लाई तल्ला घरे बिहारी दाई आएर मिलाउनु पर्‍यो रे । तल्ला घरे दाई त हजुर हरु को आवाज नै नसुनी अर्कै तिर पो कान सोझाएछन किनकी त्यता हजुर हरु बाट भन्दा बढी फाईदा हुदो होला मलाई त त्यस्तै लाग्छ। फेरी हजुरहरु को गती पनि उस्तै किन हो कुन्नी बुझ्न सकिन बिहारी दाई लाई हजुर को प्रतिपक्षहरु मिलेर बोलाए हजुर हरु भने च्याङचुन झ्यान हुँ तान तिनो च्यान तिर लागेर झन अझ घर मा कलह लाई निरन्तरता दिदै हुनुहुन्छ के म जस्ता प्रदेशी भाई हरु ले दिदी हरु को घर को यो कलह हेरेर बसी रहने हो कि दिदी हरु र घर मा रहेका दाईहरु लडिरहने? हुनत यस पाली को दशै मा घर आउछु भनेर आमा लाई भनेको थिए तिज पछी पञ्चमी को दिन तर दशै मा एउटा कविता बाट आमा लाई भुलाउने कोशीश गरे । त्यो कविता मेरो कुनै केटी साथी होइन दिदी आफ्नै मन भित्र को कथा बुझ्ने र पोख्ने माध्यम मात्र हो । फेरी भाई ले कुनै अरबी केटी नै फसाएछ भन्नु होला शंका नगर्नु भन्न मात्र म यो भूमिका बाधेको दिदी अन्यथा भए अन्जान भाई भनेर क्षमा गर्नु ल दिदी ।
 
दिदी सबै को घर घर मा तिहार आयो भन्ने सन्देश झलमल बल्ने निभ्ने गरि सबै लाई आँखा झिम्काउने त्यो झिलमिले बत्ती ले सन्देश दिएको छ होला। तर हाम्रो घर मा त १२ घन्टे लोडसेडिङ छ रे यस्तै खबर पढेको थे पत्रीका मार्फत बिदेश मा। खै यहाँ त कहिल्यै पनि बत्ती गएको पत्तो छैन बरु रातपरेको पो थाहा नै पाइदैन। तर हामी त यो देश का होइनौ त्यही भएर देश लाई सम्झिने म जस्ता भाई हरु प्रदेश मा भएर घर पुग्न नसक्दा लेख्ने पत्र हरुमा जस्तै हल्कारा लाई एउटा पत्र को सख्या बडाएको छु।दिदी सके सबै पढ्नु होला नत्र च्यातेर फ्याकिदिनु ल।

आदर्णीय प्यारी ठुलि दिज्यु २-४ साल पहिला भन्दा त अहिले देश मा धेरै परिवर्तन भएको छ रे । मामा हरु पनि जगंल बाट घर तिर लाग्नु भो रे । टिका टालो मा मामा को दिन रात बितेको छ भन्ने सुनेको हो । सोर्है आना हो कि बार्है आना त्यो भने पत्तो छैन। पत्र मा खुलाउनु ल दिज्यु। हुन त अरु का प्रदेशी भाई हरु ले त पत्र मा यि र यस्ता कथा हरु लेख्ने गर्छन् गर्दैनन थाहा भएन तर म भने सबै भाई हरु को प्रतिनिधित्व को लागि यो एउटा पत्र तै पनि संचार माध्यम बाट लेख्दै छु। कोही मेरा जस्तै अन्य दिदी हरु ले यो पत्र पढ्नु भए मा आदर्णीय दिज्यु हरु मलाई पनि पत्र पठाउने कोशीश गर्नु होला ल ।
 
दिज्यु मैले भुलेको छैन हामी दुई जना मिलेर  तिहार को लागि भन्दै घर मा आमा ले बनाएका बिभिन्न प्रकार का रोटी हरु पराल को गुन्द्री मुनी लुकाएको । अनी अर्को दिन बिहानै चिया सग खानखोज्दा त्यहा को रोटी त मुसा ले टुक्रा टुक्रा बनाएर सिद्धध्याएका अनी मैले हजुर लाई अनी हजुर ले मलाई चोरी को आरोप प्रत्यारोप लगाउदै बिहान भरी लडेको । आमा सगै भएको भए त अर्को दिन वा त्यस को पर्सी पल्ट पनि त पाइन्थ्यो होला नि तर बालबुद्दी है हामी लड्न कहिल्यै छाडेनौ । कहिले मेरो गिलास मा आमा ले चिया भरी दिएको त कहिले हजुर को गिलास मा दिएको निउ पारी दिनदिनै लडेको त झन कहाँ भुल्न सक्छु र ? दिदी हजुर लाई पनि त याद होला स्कुल बाट घर मा आई आमा ले घास काट्न पठाएँ पछी खर्क खर बारी मा गएर हजुर ले पुराउनै आटेको घास को भारी बाट मैले घास चोरेर आँफै छिट्टो भारी पुराएको भन्दै आमा सँग जिद्दी गरी आमा ले साझ भैंसी दोए पछी को काँचो दुई कटौरा दुध खाने चाजोपाजो मिलाएको । 
 
तर सगै रहदा बस्दा  जत्ती लडे,कराए पनि आखिर बिदेशीए पछी को मन यो भाई को जस्तै कती भाई को कुडिएको छ होला?हुन त दिज्यु हजुर पनि त दिन हरु लाई सम्झदै उतिबेला का गल्ती हरु बाट भाई लाई फकाउन चिउरी को पात को टपरी मा घुमेको सेल रोटी अनी देख्दा नै थुक निल्नु पर्ने फिनी रोटी साथ मा ठोकने ,अनरसा,मुल बारी मा फलेको खशी परेको काँक्रो को अचार आहा ! कती मिठो छ होला ! ल हेर म त भुसुक्कै भावना मा पो डुब्न पुगेछु तिहार लाई सम्झदै । दिदी म प्रदेश मा भए पनि भावना को टिका ग्रहण गर्न अबस्य आउने छु कल्पना मा साचेर बस्नु ल दिदी । घर मा भएको भाई हरु किरण-जीवन-राम-सुदन-सन्तोष-उमेस लगायत दाई हरु भोज-मदन-मती-श्याम-हरी सबै लाई भाईटिका को दिन सबै लाई तिनधर्के टिका निधार मा लगाइ दिनु होला ल! म पनि त्यही भाई हरु मध्ये लुकेर भावना अनी कल्पना भित्र देखी नै महसुश गर्ने छु ।

 

दिज्यु घर को आगन को छेउ डिल मा मखमली फुल कत्ती धेरै रङ मा आफ्नो जवानी भरेर देखाउदै छ होला। अनी त्यो पर्खाल को माथि जहाँ हामी हरु सगै मिलेर असारे पन्ध्र मा सारेको गोधुली फुल ले पनि त उस्तै बैश लाई प्रदशन गर्दै छ होला।   हजारी फुल अनी लालकोटी को लोभै लाग्दो जवानी छिप्पीदै गएको छ होला । र नजिकै भएको थुङे फुल पनि त आफ्ना थुगां को दिनप्रतिदिन जन्मदर बढाउदै गएको छ होला । हुनु पनि पर्‍यो नत्र म त बिदेशिएको भाई परे तर घर मै भएका भाई दाई हरु ले त हजुर लाई दोश लगाएर उम्किने कोशीश गर्छन् होला ख्याल गर्नु ल दिदी । हुन त मेरी दिदी हरु अझै पनि असुरक्षित छन अस्ती मात्र त हो शायद पहिचान नखुलोस् भनेर अर्कै नाम राखिएकी सविना दिदी जो जनता लाई सुरक्षा दिने सम्यन्त्र अन्तर्गत को प्रहरी सेवा मा त्यही पनि आफ्नै कार्यक्षेत्र मा अझै कहाँ सम्म भने त्यो पनि आफ्नै सहकर्मी बाट बलात्‍कृत हुनु परेछ। खै यसरी दिदी हरु बाट आशिर्बाद लिने बखत मा कुन चै सज्जन महोदय ले त्यती पुन्य काम गर्नु भएको ठान्नु भएको होला । त्यस लाई म जस्ता भाई हरु ले मुखलाई रगांए पछी को पिच्च पिच्च पटक पटक। हुन त त्यहा सम्म गर्न सक्ने ले यती सानो पिच्च पिच्च लाई पनि सजिलै पचाउछन होला ।
 

तर आदर्णिय दिज्यु हजुर हरु को इज्जत कसै ले खोस्दै मा सकिने छैन अनी चोर्दै मा सकिने छैन। किनकी तिमी मेरी दिदी भोली कसै को आमा हो अनी कसै को बुहारी  त कसै को श्रीमती पनि त हो। त्यसै ले हजुर को ईज्जत अनी हजुर को आदरसत्कार मान मर्यादा को सिमा भन्दा माथि उठेर सिगैं हजुर को शरिर सँग खेल्दै आफुलाई स्वर्ग गएको अनुभुती गर्ने लाई भोली तपाईं का प्रदेशी भाई अनी तपाईंका पछील्ला सन्तती हरु बाट सजाय को कठघरा मा उभाइने छ। यो पंत्तिकार ले यसै गरिकन लेखेर सहयोग गर्ने छ । ताकेता गर्ने छ पटक पटक अनी घोचघोचाउने छ पत्र मार्फत अनी दिने छ शन्देश सबै लाई गराउने छ सचेत तत् सम्बन्ध मा। एक पटक सहास लाई अझ दरिलो बनाएर अघी जानु पहिचान नखुलोस् भनेर अर्कै नाम राखिएकी सविना दिदी हरु । जो आज सम्म मेरी दिदी थिइन र भोली पनि ,त्यसै ले दिदी हरु अझै पनि जे तन्त्र आए पनि तिमी हरु को अधिकार सुरक्षित भएको रहेनछ बुझी राख्नु ल । संघर्ष लाई निरन्तरता दिन शत्ती प्रदान होश र मन बाट आट आओश त्यही शुभकामना दिन चाहन्छु दिदी तिमी लाई तिहार को अवसर मा । खै कसरी शुभकामना दिन सकिन्छ र सविना जस्ता दिदी हरु लाई तिहार को ? तिहार मा टिका लगाइ दिन माइत सम्म आउन पनि उहा लाई कस्तो अफ्ठारो लागि रहेछ होला । तर दिज्यु आउने कोशीश गर्न भने नभुल्नु होला ल नत्र त घर मै भएको भाई पनि निधार खाली राख्न वाध्य हुने छ र त्यो जवानी लाई बढाउदै गएका सबै खाले फुल हरु यत्तिकै ओईलाएर फेरी माटो मै मिल्ने छन।
 

दशै को बखत पोखरा नयाँबजारमा बस्दै आएकी मोतीमाया पौडेल ले आफ्नो ११ बर्ष पहिला देखी अलपत्र पारीएका छोरा को सास नत्र हड्डी को खोजी गरिदिन अहिले राजनीति चलचित्र का मुख्य पात्र को रुप मा रहेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग गुनासो गरेकी थिइन तर उनको कुरा कस्ले पो सुन्यो होला र नत्र अझै केही गरेको जस्तो देखिदैन।दिदी देश मा जे जस्तो परिवर्तन भए पनि तिमी हामी जस्ता सोझा साझा भने सधैं चपेटा मा नै रहीरहने छौ । तर जह&#