– उमाकान्त पाण्डे गाउंले
यूएई डेस्क – अर्घाखाँचीको किमडाँडा गा.बि.स. वार्ड नं. ४ निवासी नरेश बहादुर खत्रीको उपचारार्थका लागि स्पेनबाट सहयोग रकम पठाइएको छ। स्पेनमा रहेको नेपाली कागेंशको अन्तराष्ट्रिय भात्री सस्था जनसंपर्क समिती स्पेनद्धारा सकंलन गरिएको करीव बिस हजार नेपाली रुपैया आर्थिक सहयोग उपलब्ध गराइएको हो।
जीवनको अन्तिम क्षणमा रहेका नरेशबहादुर खत्रीको तुरुन्त मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भए लगतै विश्वभरबाट सह्योग सन्कलन जारी रहेको बेला जनसंपर्क समिती स्पेनको पहलमा उत्त रकम सन्कलन गरी उपलब्ध गराएको हो।
सकंलित रकम हालै काठमाण्डौमा सम्पन्न एनआरएन विश्व सम्मेलन (अक्टोबर १६)मा नेपाली काग्रेंशका वरिस्ठ नेता शेर बहादुर देउवा र जनसंपर्क समिती स्पेनका अध्यक्ष एक राज गिरीले सम्युत्त रुपमा नरेश खत्रीका सहयोगी प्रतिनिधी सरोज क्षेत्रीलाई बुझाईएको हो ।
एनआरएन विश्व सम्मेलनमा सहभागी हुन आएका संसार भर रहेका ज.स.स.का पदाधिकारीको सम्मान र स्वागतका लागि पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा आयोजित दिवा भोज कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.