हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउदैछन् ।
आज भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
आज हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै छ ।
भाइटीकाका लागि शुभसाइत बिहान ११:५५ मिनेटमा रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना, �धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते� ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले आज काठमाडौँको रानीपोखरी बीचमा अवस्थित मन्दिर गई दर्शन गरी टीका लगाएका छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
यस्तै दिदीबहिनी नहुने दाजुभाइकी साझा दिदी अञ्जली मास्केले आजै काष्ठमन्दिर परिसरमा भाइटीका लगाउँदै हुनुहुन्छ । अठ्सट्ठी वर्षीया मास्केले २०५५ सालदेखि सामूहिक भइटीका लगाउँदै आउनुभएको छ ।