हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामना गर्दै भाइटीका लगाइयो
कार्तिक १२ गते, २०६८ मा प्रकाशित
काठमाडौं – हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन शुक्रबार देशभर परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामना गर्दै भाइटीका लगाएका छन् । भाइटीकासँगै यो वर्षको तिहार पनि सकिएको छ ।
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ५५ मिनेट रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ । तर मध्याह्न एवम् अपराह्नको समय पनि टीकाका लागि शुभ रहेकोकाले साँझ अबेरसम्म पनि टीका लगाइरहेका देखिन्थ्यो ।