काठमाडौं, कात्तिक १६ दुई महिना लगाएर मर्मतसम्भार गरेर फर्किएकै दिन ुग्राउन्डेडु भएको जहाज उडाउन नेपाल वायुसेवा निगम इन्जिनियरिङ विभागले उडिरहेको अर्को जहाज पनि ग्राउन्डेड गरेको छ। विभागले उडिरहेको जहाज ग्राउन्डेड गरी सामान झिकेर ग्राउन्डेड भएको अर्को जहाजमा जडान गरी उडाए पनि निगम व्यवस्थापनलाई कुनै जानकारी नदिएको स्रोतले बतायो।
नियमित मर्मतसम्भार ९सिचेक० सकेर काठमाडौं आएकै दिन गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको निगमको बोइङ ७५७ ९एन एसिए जहाज उडाउन इन्जिनियरिङ विभागले अर्को बोइङ ७५७ ९एन एसिबीलाई पनि ग्राउन्डेड गरी सामान झिकेको सम्बद्ध स्रोतले जानकारी दियो।
ुउडिरहेको जहाज ग्राउन्डेड गरी सामान झिकेर अर्कोमा राख्दा पनि उच्च व्यवस्थापनसहित सम्बद्ध अन्य विभागीय प्रमुखलाई कुनै जानकारी दिइएन,ु स्रोतले मंगलबार नागरिकसँग भन्यो, ुयो लापरबाही र अनुशासनहिनको नमुना हो।ु
स्रोतका अनुसार एसिएको बायाँ इन्जिनमा समस्या देखिएपछि दुवै इन्जिन दायाँ(बायाँ राखेर परीक्षण गरिए पनि काम गरेन। त्यसपछि उडिरहेको एसिबीको सामान झिकेर ग्राउन्डेड एसिएमा जडान गरी आइतबार राति परीक्षण उडान गरिएको थियो। परीक्षण सफल भएपछि सोमबारबाट एसिए उडेको हो।
इन्जिनियरिङ विभागको लापरबाहीपछि निगम सञ्चालक समितिले सोमबार बैठक गरी विभागका निर्देशक बिएन झालाई मौखिक स्पष्टीकरण सोधेको थियो।
ुउडिरहेको जहाजको सामान झिकेर किन ग्राउन्डेडमा राखिएको भन्ने विषयमा झाले स्पष्ट जवाफ दिन सकेनन्,ु सञ्चालक समिति स्रोतले भन्यो, ुइजरायलमा मर्मतपछि परीक्षण उडान गरेर ल्याए पनि यहीँ आएपछि बिग्रिएको जवाफ झाले दिए। त्यो सामान उता नफेरिएको उनले बताए।ु
इजरायलमा मर्मत गर्न जाँदा पटक(पटक गरी निगम इन्जिनियरिङ विभागका उपनिर्देशकहरू सन्तोषकुमार खाती र उपेन्द्रलाल श्रेष्ठ, इन्जिनियर कर्णबहादुर थापा, क्वालिटी एस्योरेन्स तथा उडान सुरक्षा विभागका कामु निर्देशक दिगम्बर राजभण्डारीलगायत करिब ३० जना प्राविधिक इन्जिनियरको टोली गएको थियो।
इजरायलको सरकारी वायुसेवा कम्पनी एलाल एयरलाइन्समा दुई महिना मर्मत गरेपछि एसिए जहाज गत शुक्रबार यहाँ आएको थियो। स्रोतका अनुसार दोहाबाट आउँदा बाटैमा बायाँ इन्जिनको तापक्रम देखाउने यन्त्रमा गडबडी भएको थियो। लगत्तै ुएन वान टर्बाइनु को गति देखाउने यन्त्रमा पनि गडबडी भएको थियो।
यहाँ आएपछि दुवै बिग्रिएका यन्त्र बनाउन निगम इन्जिनियरले इन्जिन चलाएर ठिक रहेको प्रमाणित गरेका थिए। त्यसपछि बिहान साढे १० बजे क्याप्टेन दिपाल शेरचन र युवराजकुमार भट्टराईले बैंकक लिएर गएका थिए।
१ सय १३ यात्रु बोकेर उडेको जहाजको इन्जिन तापक्रम देखाउने यन्त्रमा फेरि समस्या देखियो। इन्जिनबाट निक्लने ग्यासको तापक्रम ५० डिग्री सेल्सियस तलमाथि भयो। इन्जिनको तापक्रम ८ सय डिग्री सेल्सियस देखायो। जहाज उडेका बेला ७ सय ८५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुनुहुन्न।
त्यहाँबाट बैंकक लान उचित नभएपछि क्याप्टेनद्वयले जहाज फर्काएर काठमाडौं ल्याएका थिए। त्यसपछि उक्त जहाज ग्राउन्डेड भएको थियो। सँगै फर्किएका यात्रुलाई राति निगमकै अर्को जहाज एसिबीबाट बैंकक पठाइएको थियो। एसिए ग्राउन्डेड भएपछि शुक्रबारको मलेसिया र शनिबारको नयाँदिल्ली उडान रद्द भएका थिए।
एसिबीको सामान जडान गरी आइतबार एसिएको परीक्षण उडान गरेपछि सोमबारबाट एसिएले उडान गरेको थियो। एसिए उडेपछि ग्राउन्डेड भएको एसिबी उडाउन बेलायतबाट मगाइएको सामान मंगलबार जडान गरिएको स्रोतले जानकारी दियो।
त्यसपछि एसिबी मंगलबार साँझ नयाँदिल्ली गएको थियो। उताबाट फर्केर दुबई हुँदै दोहा गएको थियो। हङकङ गएको एसिए भने राति साढे ११ बजे क्वालालम्पुर गएको थियो।
ुदुई महिना मर्मत गरेर आएकै दिन जहाज ग्राउन्डेड भएपछि इन्जिनियरिङ विभागले केही भएको छैन भन्ने देखाउन उडिरहेको जहाजको सामान जडान गरेको हो,ु स्रोतले दाबी गर्यो, ुत्यो सामानको मूल्य करिब ८० हजार अमेरिकी डलर पर्छ।ु
स्रोतका अनुसार बेलायतस्थित कम्पनी एजे वाल्टरबाट उक्त सामान उधारोमा ल्याइएको हो। यो कम्पनीले वर्षौंदेखि निगमलाई जहाजका पार्टपूर्जादेखि जहाजसम्बद्ध सबै सामान आपूर्ति गर्दै आएको छ। निगमले प्रत्येक महिना ५ देखि ६ करोड रुपैयाँको पार्टपूर्जा यही कम्पनीसँग खरिद गर्दै आएको छ।
निगमले एसिए सिचेक गर्न एलाल एयरलाइन्सलाई १६ लाख अमेरिकी डलर ९१२ करोड रुपैयाँ० मर्मत खर्च दिने सम्झौता गरेको थियो। तर, एलालले अझै मर्मत गर्नुपर्ने जानकारी गराएपछि त्यसका लागि थप ४ लाख डलर ९३ करोड रुपैयाँ० खर्च लागेको थियो। एलालले जहाजको इन्जिन झुन्डाउने पाइलन, इन्जिन छोप्ने कभर ९सिडक्ट० र सबै १ सय ९० सिट काम नलाग्ने अवस्थामा भएकाले फेर्नुपर्ने जानकारी गराएपछि जहाज उतै रोकिएको थियो।
ुसिचेकको २० प्रतिशत र थप मर्मतको ३५ प्रतिशत रकम भुक्तानी बाँकी हुँदै एलालले जहाज पठाइदियो,ु स्रोतले भन्यो, ुयस्तो घटना निगम इतिहासमै पहिलोपल्ट भएको हो। पूरै रकम भुक्तानी नभई किन जहाज दियो, थाहा हुन सकेको छैन।ु