मन्त्री टोप बहादुर रायमाझीकी श्रीमतीले दोस्रो विवाह गरेको खुलासा

मन्त्री टोप बहादुर रायमाझीकी श्रीमतीले दोस्रो विवाह गरेको खुलासा-दोस्रो पतीले पनि खानलाउन नदिएको भन्दै अदालतमा मद्धा द्धायर – माओवादीद्धारा श्रीमतिलाइ पार्टिको साधारण सदस्यबाट समेत निश्काशन
 
यूएई डेस्क – बुटवल र पाल्पा सहयोगी – स्रोत – एकिकृत माओबादीका पोलिटब्यूरो सदस्य एवं बर्तमान सरकारका स्थानिय बिकास मन्त्री मन्त्री टोपबहादुर रायमाझिकी पत्नी योगमाया (सिमा ) बन्जाडेले दोश्रो बिवाह गरेकि छन ।

जिल्ला अदालत रुपन्देहिमा आज सिमाले पाल्पाका राम बहादुर कार्किले राम्रो संग खान लाउन नदिएको भन्दै मुद्दा दर्ता गरेपछि उनले दोश्रो बिवाह गरेको खुलासा भएको हो

अर्घाखाँची क्षेत्र नम्बर १ बाट एकीकृत माओवादीको टिकट मार्फत सविधान सभाका सभासद बनेका रायमाझी संग ०४५ सालमा बिवाह गरे कि योगमायाले १ छोरा र १ छोरि सहित टोपबहादुर लाई छोडेर दोश्रो बिवाह गरेकि हुन । उनिहरुका २२ बषिर्य छोरा र १८ बषिर्य छोरि रहेका छन ।

एकिकृत माओबादी अबधमधेस राज्य समिती सचिवालय सदस्य समेत रहेकि सिमाले गत भाद्र २९ गते नवलपरासिको दाउन्ने देवि मन्दीर मा हिन्दु परम्परा अनुसार सिंदुर हालि बिवाह गरेको अदालतमा दिएको निवेदनमा खुलाएको बताईएको छ । उनले सो निवेदनमा मन्त्री रायमाझीले आफुलाइ समय नदिएकोले दोस्रो विवहा गरेको पनि उल्लेख गरेकी छिन् ।

पाल्पा बल्ढेङगढि गाविस ३ का रामबहादुर कार्कि ले आफुलाई बिवाह पश्चात बुटवलको बिटीआई गेष्ट हाउस र ललितपुरको भैसेपाटिमा राख्दै आएकोमा हाल खान लाउन राम्रो संग नदिएकोले मासिक तेहृ हजारका दरले खाने खर्च दावी गर्दैे मुद्दा नं. १६१० /२०६८/०७/१६ बाट माना चामल मुद्दा दर्ता गरेको अदालत श्रोतले जनाएको छ ।

एकिकृत नेकपा माओवादी अवध मधेस राज्य समिति सचिव निर्मलकुमारले एक बिज्ञप्ती जारि गरि सिमाले अनुशासन हिन क्रियाकलाप गरेकालेे पाटीको गंभीर ध्यानाकर्षा भएको भन्दै अनिश्चितकालको लागि पार्टर्ीीट निलम्वन गरिएको बताएका छन ।

यसैविच दोस्रो विवहा गरेका भनिएका कार्किले भने उक्त भनाइको खण्डन गर्दै आफुसंग त्यस्तो कुनै सम्वन्ध नरहेको प्रतिक्रिया दिएका छन् । सिमा लामो समयदेखि बुटवलमै बस्द्यै आएकी थिइन् भने कार्की पनि बुटवलमै बस्ने गर्दछन् ।
 
मन्त्रीकी पत्निद्वारा अर्कै पुरुषसँग अंश माग
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी श्रीमति सिमा भनिने योगमाया रायमाझीले आफूले बुटवल लक्ष्मीनगर बस्ने रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र कार्कीले खान लाउन नदिएको भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हाल्नु भएको छ ।
बि.सं. २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र आफूले ३/४ महिनाअघि मात्र कार्कीसँग विवाह गरेको बताउनु भएको छ । तर योगमायाले अहिले स्थानीय विकास मन्त्री रहेका टोपबहादुरसँग सम्बन्ध विच्छेद गर्नुभएको छैन । 
टोपबहादुर काठमाण्डौंमा बस्दै आए पनि एकीकृत नेकपा माओवादीको अवध राज्य समितिकी सदस्य समेत रहेकी योगमाया भने बुटवलमा एक्लै बस्दै आउनु भएको छ । कार्कीसँग अंश माग्दै अदालतमा मुद्दा दायर गरेपछि अवध राज्य समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी योगमायालाई पार्टीबाट निष्कासन गरेको छ । योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ । 

योगमायाले पति दावी गर्दै उजुरी हालेका कार्की सामान्य नागरिक हुनुहन्छ । कार्कीले आफू टोपबहादुरको पिए भएको दावी गर्दै केही समय अघि काठमाण्डौंमा कोठा लिएर पनि योगमायालाई राख्नु भएको थियो । माओवादी अवध राज्य समिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो । योगमाया र टोपबहादुरको विवाह टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । 
लाहुरेकी छोरी योगमायाले मन पराए पछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षको हुनुहुन्थ्यो । उहाँ र योगमायाका एक छोरा र एक छोरी छन् ।
यस् बारे मन्त्री रायमाझीको प्रतिकृया लिने अर्घाखाँची डट्कम् यूएई डेस्कको प्रयास सफल हुन सकेन । कुनै प्रतिकृया आएमा अबश्य प्रकाशन गर्ने छौ । – यूएई डेस्क प्रमुख : उमाकान्त पाण्डे गाउंले
 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.