सफल उद्यमी बन्दै छिन रमा के.सी.

– शोभाखर पन्थी


अर्घाखाँची कात्र्तिक १९ । महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्राचिन मान्यतालाई चुनौती दिँदै अर्घाखाँचीको सन्धिखर्ककी रमा के.सीले चाउचाउ उद्योग संचालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छन् ।


२०६१ सालमा श्रीमानको मृत्यु भएपछि चाउचाउ उद्योग संचालन गरेकी उनले थोरै समयमै राम्रो आम्दानी गरेर परिवारको घरखर्च चलाएकी छन् । २८ वर्षको कलिलो उमेरमा जीवन साथीलाई गुमाउनु पर्ला भनेर कल्पना समेत नगरेकी रमाको जीवनमा २०६१ सालको आश्विन महिनाको २९ गते सवै भन्दा अन्धकारको दिन वनेर आयो । दु:ख सुखमा साथ दिने वाचा गरेर लामो जीवन जिउने विश्वास दिलाएका श्रीमानले उनलाई सधाको लागि छोडेर गए ।


विशुद्ध गृहणीको रुपमा काम गर्दै आएकी रमालाई श्रीमानको मृत्युको  पिँडासंगै स-साना ३ वटी छोरीको पालनपोषण गर्ने जिम्मा मात्र आएन भर्खरै स्थापना भएको चाउचाउ उद्योग चलाउने कि बन्द गर्ने दुविधा समेत उत्पन्न भयो ।


उनका आफन्त र छिमेकीहरुले उनलाई चाउचाउ उद्योग बन्द गरी श्रीमानले जोहो गरेका मेशिनहरु विक्री गर्न सल्लाहा दिए । नाफा घाटा भन्दा पनि श्रीमानको उद्देश्य सफल पार्ने अठोट बोकेकी उनले जवरजस्त उद्योग संचालन गर्ने आँट गरिन । तर उनको उद्योगमा उत्पादित चाउचाउलाई्र समाजले बहिष्कृत गर् यो । चाउचाउ खाएर श्रीमान मरेको भन्दै उनले उत्पादन गरेको चाउचाउ खान नहुने भन्दै जताततै अनर्गल हल्ला फैलिए पछि । गाउँ गाउँमा विकि्रका लागि लगेको चाउचाउ फिर्ता गर्नु परेको िपंडा अहिले सम्म पनि ताजै रहेको रमाको भनाइछ ।

 

आफुले उत्पादन गरेको चाउचाउ विकि्र नहुँदा करिव ६ महिना जती ऋणमा चुर्लुम्म डुवेर पनि उद्योग नछोडेको उनलॆ बताइन् । श्रीमान्को मृत्यु पछि धेरैले उद्योग चलाउन सक्दिनौ अव कसरी जीवन चल्ला भनेर सहानु भूति प्रकट गरेको अनुभव पनि उनी संग आज सम्म पनि ताजै छ ।

 

जस्तो सुकै वाधा अड्चन र समस्या आए पनि म केही गर्छु भन्ने अठोट र अदम्य साहस वोकेकी रमाको अभियानलाई कसैले पनि रोक्न सकेन उनी निरन्तर आफनो  यात्रामा अगाडी वढि रहीन जुन यात्राले आज रमा लाई नाम र दाम दुवै चिज दिएको छ । 


अर्घाखाँचीमा साना उद्योगीहरुको कुरा चल्दा जिल्लामा सवै भन्दा पहिले रमाको नाम आउने गरेको छ । जिल्लाका कार्यालय प्रमुखहरु राजनीतिक दलका नेताहरु र बाहिर वाट आउने उद्यमीहरु समेत रमाको घरमा पुगेर अनुभव आदान प्रदान गर्ने गर्छन् ।


रमाले उत्पादन गरेको चाउचाउले अर्घाखाँची गुल्मी र प्युठानको समेत राम्रो वजार पाएको छ । ९ जनालाई रोजगारी दिएकी रमाले दैनिक ८० किलो सम्म तयारी चाउचाउ खपत हुने गरेको वताइन् ।


उनले तयार गरेको चाउचाउ पेकिङ्ग गर्ने कागज साधा भएकोले सोचे अनुसारको वजार पाउन नसकेको उनको गुनासो छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको गुणस्तरीय परिक्षणमा आफ्नो चाउचाउले नेपालमा दोस्रो स्थान प्राप्त गरेर तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको हातवाट प्रमाण पत्र पाएकोमा उनी निक्कै खुशी छन् । अहिले सवै खर्च कटाएर मासिक ३०-४० हजार वचत हुने गरेको उनको भनाई छ । आफुले संचालन गरेको उद्योगको लागि सामान्य किसिमका तालिम गोष्ठि बाहेक राज्यवाट कुनै पनि किसिमको सहयोग नपाएको उनको गुनासो छ । उनले एकल महिला उद्यमीहरुलाई सरकारले उद्योग धितो राखेर न्यून व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने बताइन् । सरकारले आर्थिक सहयोग पुर् याएमा आफ्नो उद्योगको विस्तार गरी देशमै नमूना उद्योग बनाउने उनको योजना छ ।


महिला हरुलाई राज्यको दया माया होइन अवसर र अधिकार दिनु पर्ने उनको भनाइ छ । रोजगारीका लागि भन्दै हजारौँ युवाहरु विदेशमा भौतारिदा एकल महिलाले गरेको काम साँच्चै प्रशंसनीय छ । मेहनत गरेमा आफनै घरमा बसेर पनि मनग्य रुपैँया पैँसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेर रमाले देखाएकी छन्।













Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.