शाइन बैंक ठाडा अमराईमा

ठाडा, अर्घाखांची ।  रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेकॊ शाइन डेभलपमेण्ट बैंक लि. आफ्नो छैठौं शाखा अर्घाखांची जिल्लाको ठाडा अमराईमा शुभारम्भ गरेको छ ।

 

अर्घाखांची जिल्लामा नीजी क्षेत्रको पहिलो बैंकको रुपमा सेवा प्रदान गरेको यस बैंकको यस जिल्लामा यो तेस्रो कार्यालय भएको बैंकले जनाएको छ । ग्रामिण क्षेत्रमा अत्याधुनिक बैंकिग सेवा प्रदान गर्ने  उद्धेश्य अनुरुप अमराईमा शाखा स्थापना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । 


२०६८ आश्विन मसान्तमा बैंकमा रु.१ अर्व ३८ करोड निक्षेप रहेको छ भने कर्जा लगानी रु. १ अर्व ७ करोड गरि रु.१ करोड ६१ लाख साचालन मुनाफा आर्जन गरेको छ । हाल कायम शेयरधनीहरुलाई आ.व. ०६७, ६८ को मुनाफावाट १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त भैसकेको छ । साधारण सभावाट पारित भए पश्चात नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.