अर्घाखाँचीमा गिद्ध संरक्षण सचेतना कार्यक्रम सम्पन्न

-कृष्णप्रसाद भुसाल

 

अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घा गाविस ९ मा पर्ने विद्याविकास प्रावीमा नेपाल पन्छि संरक्षण संघको आर्थिक तथा प्राविधिक सहयोगमा एक दिने गिद्ध संरक्षण सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।

 

विश्वबाटै लोपहुने अवस्थामा रहेको डङ्गर गिद्धको बासस्थान रहेका सामुदायीक वन र स्थानीय जनतालाई लक्षित गरी सन्चालन गरीएको उक्त कार्यक्रमको व्यवस्थापन गर्ताखोला सामुदायिक वन उपभेाक्त समिति अर्घा ९ र खहरेखोला सामुदायिक वन उपभेाक्त समिति अर्घा ४ ले संयुक्त रुपमा गरेका थिए । डिल बहादुर रानाभाटको अध्यक्षता र बल बहादुर रायमाझीको संचालनमा अघि बढेको कार्यक्रममा अर्घाखाँचीमा गिद्धको अवस्था अध्ययन प्रतिवेदन र आगामी कार्यको बारेमा विगत तिन वर्षदेखी निरन्तर यहाका गिद्धको बारेमा अनुसन्धान गरीरहेका अनुसन्धाता कृष्णप्रसाद भुसाल र गिद्धको परीचय घटनुको कारण वर्तमान अवस्था र संरक्षण प्रयासको बारेमा नेपाल पन्छि संरक्षण संघका फिल्ड टेक्नीसीयन इश्वरी चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

 

कार्यक्रममा एनेकपा माओवादीका राम बहादुर रायमाझी नेपाली काङग्रेसका भेष बहादुर विसी नेकपा एमालेका पदम भुसाल राष्ट्रिय जनमोर्चाका उमानाथ आचार्य र अर्घारजस्थल मा.वि का प्र.अ शालिकराम भुसालले पनि मन्तव्य राख्नु भएको थियो ।

 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.