अर्घाखाँचीको मैदानमा निशुल्क स्वस्थ्य शिविर

– शोभाखर पन्थी


बुटवल २३ कात्र्तिक । पहिलो पटक गाउँमा एकै पटक २० जना चिक्ति्सकहरु आएपछि दंग परेका अर्घाखाँची पूर्वी ग्रामिण क्षेत्रका वासिन्दाहरु घण्टौंको बाटो हिडेर शिविरसम्म पुगी स्वस्थ्य जाच गराएका छन ।

 

वषौं देखि रोग पालेका वृद्धवृद्धाबालवालिका तथा महिलाहरु शिविरसम्म पुगेर आफ्ना समस्या राखेका थिए ।  रुपन्देहीमा दर्ता भएको दुर्वासा वचत तथा ऋण सहकारी सस्थाले गरेको निशुल्क स्वस्थ्य शिविरमा सयौको संख्यामा वृद्धवृद्धाबालवालिका तथा महिलाहरु  पुगेका थिए । जहाँ महिलाहरुका लागि स्त्री रोग विशेषज्ञहरुको टिम  तथा दातका लागि दन्तरोग विशेषज्ञ सहितको टिम खटाइएको थियो ।

 

त्यस्तै शिविरमा हाडजोर्नी जनरल फिजिसियन मुटुरोग नाक कान घाटी रोगका विशेषज्ञहरु समेत खटेका थिए ।

 
 शिविरमा पहिलो पटक यती धेरै डाक्टर आएकोमा दंग परेका  ९२ वर्षका हरिलाल घिमिरेले गाउमै मुटु जचाउन पाएकोमा खुशी ब्यक्त गरे । मुटुरोग बिशेषज्ञ विकास सुवेदीले दिएको सल्लाह पछि खुशी हुदै निस्केका गाउका पहिलेका मुख्ये बा हरिलालले  बुढेशकालमा रोग हराउछ की जस्तो लागेको  बताए ।  

 
अर्घाखाँचीका मैदान पटौटी धातिवाङ लगायतका गाविसबाट आएका करिव १ हजारले स्वस्थ्य जाँच गराएको शिविरमा औषधी पनि निशुल्क बितरण गरिएको थियो । ती गाविसबाट रुपन्देहीमा आएर बसेकाहरुले खोलेको सहकारीले विभिन्न ब्यक्तित्वहरुबाट आर्थिक सहयोग जुटाएर शिविर सचालन गरेको थियो ।


कार्यक्रम संयोजक माधब शर्माले आफ्नो जन्मभूमीमा केही काम गर्नुपर्छ भन्ने भावनाले शिविर साचालन गरेको बताए । सहकारीका सल्लाहकार डीआर घिमिरेले सहकारी मार्फत गरिएको शिविरले स्थानिय वासिन्दालाइ ठूलो फाइदा पुगेको अनुभूति भएको बताए । सहकारीका अध्यक्ष रामप्रसाद घिमिरेले सहकारीका सदस्यहरुको चाहना जन्मभूमिमा केही गर्नुपर्छ भन्ने रहेकाले सबैको सकि्रय सहभागितामा शिविर सम्पन्न गरेको बताए ।


शिविरमा युनिर्भसल कलेज अफ मेडीकल साइन्सेस टिचिङ हस्पीटल भैरहवाका २० जना चिकित्सकहरु खटिएका थिए । शिविरमा खटेका मुटुरोग विशेषज्ञ सुवेदीले धेरै कष्ट खेप्र्दै दुर्गम क्षेत्रमा आएर बिरामीलाइ सेवा गर्न पाएकोमा थकाइ समेत भुलेको बताए । शिविरमा आएकाहरुमा उच्च रक्तचाँपको समस्या भएकाहरु बढी भेटिएको बताउदै खानपानमा ध्यान दिन मुटु रोगीहरुलाइ सल्लाह दिए ।


स्त्री रोग विशेषज्ञ डाक्टर आस्था श्रेष्ठले शिविरमा आएका धेरैजसो महिलामा यौन रोग देखिएको बताउदै उनले महिलाहरु शिक्षित नहुदा रोगका बारेमा समेत खुल्न नसकेको बताइन ।


दात रोग विशेषज्ञ अाजन पालिखेले शिविरमा दाँत रोगको समस्या लिएर आउनेहरुले दातको सरसफाइमा ध्यान नदिएका बढी भेटिएको बताए । शिविरमा चार लाख बराबरको औषधी निशुल्क बितरण गरिएको सहकारीले जनाएको छ । सहकारीका सचिव रोमनाथ घिमिरेले बचत भएको औषधी स्थानिय स्वस्थ्य सस्थाहरुमा निशुल्क वितरणका लागि दिएको बताए ।








Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.