विद्यार्थीहरुले प्रतिभा देखाउन पाउने

– कृष्ण खनाल


बुटवल २४ कात्तिक  । आफुसंग प्रतिभा भएर पनि उचित स्थानको अभावको कारण प्रतिभाहरुलाई मन भित्र गुम्साएर राख्न बाध्यता  भएका विद्यार्थीहरुले आफ्नो प्रतिभा सबै सामु प्रष्टफुटन गर्न पाउने भएका छन ।

 

यस्तो सुर्वण अवसर अबसर जटाईदिएको हो विद्यार्थीहरुकै सहभागितामा स्थापना भएको रुपन्देही स्टुडेण्ट काउनसिलले । रुपन्देही जिल्ल्ाा लगाएत  काठमाण्डौका समेत विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने भएका हुन । रुपन्देही जिल्ला भित्रका सरकारी तथा निजी विद्यालयमा अध्यानरत विद्यार्थीहरुले आफु भित्रको प्रतिभालाई प्रफुष्ठन गरौ  भन्ने मुलनाराका साथमा आज भन्दा करिव ५ बर्ष अगाडी  स्थापना भएको उक्त विद्यार्थी संगठनले कात्तिक २४ गते देखी २६ गते सम्म  तिन दिन बुटवल हाटबजार लाईन स्थित कान्ती पुाज बोडिङ्ग स्कुलमा ँविज्ञान मेला २०११ आयोजना गरेको छ ।

 

काउन्सील का अध्यक्ष रविन पन्थीले आफुहरु संग आर्थिक श्रोतको  नभए पनी  विभिन्न प्रतिाभावान विद्यार्थीहरुमा भएको प्रतिभालाई राष्ट्रको सामु चिनाउनका लागी आफुहरुले कार्यक्रम आयोजना गरेको जनाकारी दिए । उनले विगत ४ बर्ष यता निरन्तर रुपमा आयोजना गर्दे आएको कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको बताए । खागरी विज्ञान प्रर्दशनीमा  रुपन्देही जिल्ला लगाएत काठमाण्डौबाट समेत गरी करिव १ सय ९७ जना विद्यालयहरुमा पत्रचार भएकोमा सोहि अनुसार विद्यालयले सहभागिता जनाउने काउन्सीलका संस्थापक सदश्य उज्जवल आचार्यले जानकारी दिए । उनलेभने-ँ हामीहरु आर्थिक श्रोत नभएको भए पनि अभिभावकको सहयोग तथा विद्यार्थीहरुको साथको कारण यस्लाई निरन्तता दिएका छौ । कार्यक्रमा प्रवेश सुल्क मार्फत २५ रुपैया टिकटको व्यवस्था गरिएको छ ।

 

मेकानिकल चार्ट डाईग्राम  पि्रजेन्टेसन र विविध विद्यामा विद्यार्थीहरुको प्रतिभा मुल्यकन गरेर पुरस्कार समेत प्रदान गरिने काउन्सीलका अर्का संस्थापक सदस्य गोविन्द पाण्डेले जनाकारी दिए । कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोग विनानै सानो उमेरका विद्यालर्थीहरुको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको छ ।

 

मनोराजनका लागि गायन तथा नृत्य प्रतियोगिता  तथा बक्तृत्वकला प्रतियोगिता समेत आयोजना हुने छ । रुपन्देही जिल्लालाई एउटा शैक्षिक नगरीको रुपमा पहिचान दिलाउने मुल उदेश्यकासाथ कार्यक्रम आयोजना गरिएको आयोजक स्टुडेण्ड काउन्सील रुपन्देहीले जनाएको छ ।