बरामद गरेका औषधी तथा अखाद्य पदार्थ नष्ट (तस्बिर सहित)


 

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २४ कात्तिक । जिल्ला स्थित अनुगमन समितिले अनुगमनको समयमा बरामद गरेका औषधीहरु  तथा अखाद्य पदार्थ आज नष्ट गरिएको छ ।


अनुगमनको क्रममा अनुगमन समितिले बरामद गरेका मुल्य सुची नलेखिएका म्याद नाघेका अखाद्य बस्तु आज जिल्ला प्रशासन कार्यलयमा नस्ट गरिएको हो । 

 



नस्ट गरएका र बरामद गरिएका खाद्य पदार्थमा औषधी तेल कोकाकोला स्प्राईट,  मिठाई, बिस्कुट,  च्याउच्याउ लगायतका रहेका छन् ।

 

पहिलो  पटक भएकाले अखाद्य पदार्थ नस्ट मात्र गरिएको र अब ब्यपारीले अखाद्य पदार्थ बेचेमा कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरले बताउनु भयो । 

 



जनताको स्वास्थ्य माथी कसैले पनि अखाद्य बस्तु बेचेर खेलबाड गर्न नहुने र सबैले खान योग्य मात्र खाद्य पदार्थ मात्र बेच्न पर्ने उद्योग बाणिज्य संघका उपाध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो । 

 



जिल्ला प्रशासन कार्यलय प्रहरी उद्योगी  ब्यपारी र संचारकर्मिको रोहबरमा अनुगमनको क्रममा बरामद गरिएका झण्डै ५ लाख मुल्य बराबरका सामाग्री नस्ट गरिएको हो  ।

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.