काग्रेस अर्घाखाँचीको बैठक सम्पन्न


तस्बिर: नेपाली कांग्रेस अर्घाखाँची, फेसबूक

 

सन्धिखर्क, अर्घाखाँची – नेपाली काग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ अर्घाखाँचीको बैठक शुक्रवार विपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

 

क्षेत्रिय सभापति चन्द्रमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले महत्वपुण निर्णयहरु गरेको छ । बैठकले मंसिर ९ र १० गते सन्धिखर्कमा क्षेत्रीय समिति र गाउँ सभापति एवं सदस्यहरुको लागि दुई दिने प्रशिक्षण सचालन गर्ने निर्णय गरेको छ भने १ नं। क्षेत्रका १९ वटौ गाविसलाई समेटी गाउँ स्तरीय प्रशिक्षण गर्ने निर्ण गरेको छ ।

 
 बैठकले सर्वोच्च अदालतले दोषि ठहर गरेका सभासद बालकृष्ण ढुंगेललाई अविलम्ब कारवाही गर्न माग गरेको छ ।

 

बैठकमा उपसभापति केदारनाथ भुसाल सचिव विष्णु क्षेत्री शोभाखर खनाल कोषाध्यक्ष  छन्दलाल श्रेष्ठ लगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

Arghakhanchi.Com’s editor Birendra KC contributed to this report.

 





Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.