पशुराजलाई बिन्ति

– जगत प्र. आचार्य, अधिवक्ता

 

बिन्ति छ  पशुराज  पशुहरुको पछाडी नलाग  है

 बरु पशुहरुको पालन  पोषण सुरु गर है 


किनभने पशुहरु  पनि तिमि जस्तै प्राणी  हो


त्यसले त तिम्रो र पशुको काम गराई  एकै हो


 


तिमित  पशुको पछाडी लागि पशु समान भएछौ


बिदेशीको कुटाईले  स्वास्नी छोडी भागेछौ


पैसाको लागि साथी भाईलाई भन्दैनौ


आफ्नै हितैसीलाई  मार्न पछि पर्दैनौ


 


कस्तो कुलंगार,बेबेकुफ  र मक्खीचुस  भएछौ


गुहुको सीक्का पनि दातलेनै   टिप्न  थालेछौ


छि! धिकार छ गाउले हरुले के भनि रहेछन


तिम्रै बहादुरीको प्रशंशा गरि हासी रहेछन


 


अझै हसाउ  र नचाउ ति तीम्रा गाउले  हरुलाई


जसले  तिमीलाई अबैध व्यक्ति भनि निकालेका  थिए


अझै  धन्यवाद र बधाई  देउ ति तिम्री संगिनीलाई


जसले आजसम्म पनि तीम्रा कुकृत्यमा चुप भएकीछ


 


तर मलाई घृणा छ पशुराज त जस्तो मक्खिचुस  संग


मलाई घृणा छ पशुराज तेरो  जस्तो पशु व्यहार संग


त्यसले बिन्ति छ पशुराज समयलाई बुज्ने कोसिस गर


पशुत्ब,मक्खिचुस र नेताजस्तो घृणित  बानी चाडै छोड


 


भोलि पछुतो होला यस्तो घृणित चाला


मन्त्री नै भएपनि उही रायमाझी   पारा


हुनेछस एक्लो लुटेको सम्पति लिई


बन्नेछस बेबकुफ आफन्त गुमाई


 धन्यवाद!!



( मानिस भएर पशुको ब्यबहार गर्ने व्यक्तिहरुलाई परिबर्तन हुन आहवान स्वरूप  )