रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेद्वारीको औचित्य पुष्टी गर्ने प्रयास

रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेद्वारीको औचित्य पुष्टी गर्ने प्रयास गर्नुभएको छ । राजधानी मस्कोमा रुसी परराष्ट्र विशेषज्ञहरुसँगको बैठकमा पुटिनले निरन्तर सत्तामा रहिरने कोशिस गरेको आरोप अस्वीकार गर्नुभयो । रुसी जनताको जीवनस्तर सुधार र मुलुकलाई बलियो बनाउनु नै आफ्नो अभीष्ट रहेको भन्दै उहाँले सुदृढ राष्ट्र निर्माणकै लागि नै फेरि राष्ट्रपति निर्वाचनमा उठ्नु परेको तर्क गर्नुभयो ।


यसअघि दुई पटक गरी १२ वर्ष रुसको राष्ट्रपति भइसकेका पुटिन आगामी राष्ट्रपति निर्वाचनका प्रबल दाबेदार मानिनु हुन्छ । तर उहाँका आलोचकहरुले भने पुटिनको राजनीतिक प्रभाव नकारात्मक रहेको जनाउँदै आएका छन् । रुसमा एक व्यक्तिले दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने सम्बैधानिक व्यवस्थाका कारण राष्ट्रपतिबाट प्रधानमन्त्री बनेका पुटिनले आफ्ना विश्वास पात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाउनु भएको थियो ।