इटलीमा प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीद्धारा सत्ता परित्याग


 

इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीले राजीनामा दिनु भएको छ । इटलीको दुवै सदनले खर्च कटौति सम्बन्धी प्रस्तावमा स्वीकृति दिएपछि बर्लुनोस्कीले पदबाट राजीनामा दिनु भएको हो । माथिल्लो सदनमा शुक्रवार खर्च कटौति प्रस्ताव स्वीकृत गरेपछि बर्लुनोस्कीको राजीनामा निश्चित भएको थियो ।

 


उहांले गत हप्ता पेश गरेको बजेटले तल्लो सदनमा बहुमत पाउन नसकेपछि राजीनामा दिने बताइसक्नु भएको थियो । राजधानी रोममा राष्ट्रपति भवन तर्फ राजीनामा दिन जाँदै गर्दा बर्लुनोस्कीका विरोधीहरुले उहाँ विरुद्ध चर्को नारावाजी गरेका थिए । राष्ट्रपति जर्जियो नेपोलिटेनीले बर्लुनोस्कीको राजीनामा स्वीकृत गर्नुभएको छ ।

 



अत्यन्त विवादास्पद छवी बनाएका ७५ वर्षिय बर्लुनोस्की विभिन्न यौनप्रकरणमा समेत मुछिनु भएको छ । बुर्लुनोस्की विरुद्धका थुप्रै मुद्दा अदालतमा विचाराधिन छन् । १७ वर्ष सम्म प्रधानमन्त्री रहेका बर्लुनोस्की द्धितिया विश्वयुद्ध पछि इटलीमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुनुहुन्छ ।

 


बर्लुनोस्कीको राजीनामासंगै युरोपेली आयोगका कमिशनर रहेका अर्थशास्त्री मारियो मोटी इटलीको नयाँ प्रधानमन्त्री हुने सम्भावना छ । इटलीको अर्थव्यवस्था १५ वर्षमा शून्य दशमलव ७५ प्रतिशत मात्र बृद्धि भएको छ । दुबै सदनले खर्च कटौति प्रस्ताव पारित गरी करको दर बढाएपछि ५९ दशमलव ८ अरब यूरो बचत हुने अनुमान गरिएको छ । जसले इटलीको बजेटलाई सन् २०१४ सम्म सन्तुलित बनाइराख्न सहयोग पुग्ने छ ।

 

 





 

इटलीमा प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीले राजीनामा दिएका छन।  करिव १७ बर्ष देखी सत्तामा चलाऊदै आएका प्रधानमन्त्री बर्लुनोस्कीले पेश गरेको बजेटले माथिल्लो एवम तल्लो सदनमा बहुमत पाएपछि राजीनामा दिएका हुन।

बर्लुनोस्कीले आफ्नो राजिनामा रोम स्थिती राष्ट्रपती जॉर्जियो नैपॉलिटैनो समक्ष बुझाएका थिए।

 

बर्लुनोस्कीले राजीनामा लगतै युरोपेली आयोगका कमिश्नर रहेका अर्थशास्त्री मारियो मोटी इटलीको नयाँ प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।

 

बर्लुनोस्कीले ११९४ देखी २००१ र २००८ मा निरन्तर चुनाव जित्दै गएपनी २००८ पछी उनले धेरै चुनौतीहरुको समाना गर्नुपर्‍यो। 

 

इटलीको अर्थव्यवस्थामा १५ वर्षमा शून्य दशमलव ७५ प्रतिशत मात्र बढेको छ । दुबै सदनले खर्च कटौति प्रस्ताव पारित गरी करको दर बढाए पछि ५९ दशमलव ८ अरब यूरो बचत हुने अनुमान गरिएको छ । जसले इटलीको बजेटलाई सन् २०१४ सम्म सन्तुलित बनाइराख्ने छ ।