पि्रय कमरेड
न्यानो अभिवादन ।
मौसम परिवर्तनको कारण होला अलि विसाचो छु त्यहाँ स-परिवार आरामै हुनु होला भनि आशा गर्दर्छु ।
६ वर्ष कतार वसाईको पिडाको अनुभुति त त्यही आएर संगै वस्दा होला तर पनि वैचारिक रुपबाट विमुख हुँदाको पिडालाई नचाहेर पनि ह््रदयमा लुकाएर रार्खनु पर्दाको पिडावोध भएको थियो त्यसबाट मुक्ति पाउँदा हस्रले विभोर बन्दै पत्र लेख्ने शाहस गरें अन्यथा नलिनु होला ।
क्रान्तिको वेदीमा जीवनलाई वलिदानी दिने रहर शाहसले मात्र नहुदो रहेछ क्रान्तिले खोज्नु र माग्नु पनि पर्दो रहेछ । जीवनका आरोह-अवरोह पार गर्ने क्रम्मा आफू-आफू बिच पनि छुट्नु पर्दो रहेछ । हामी दुवैको आत्मीय प्रेमबाट उतपन्न सन्ततीको भविष्यलाई क्रान्ति भन्दा माथी ठान्दै उनीहरुको भविष्यको लागि भरुभूमिको आत तायी पिडासंगै पैठेजोरी खेल्नुपर्दाको तितो तर सत्य पिडा हामाी बिचमा लुकेको यथार्थलाई पनि हामीले आत्मासात गर्नु पर्दो रहेछ र पनि गर्वले प्रफुलित छु यो मानेमा कि आत्मीय कमजोडले सागर भेट्ने यात्रामा निरन्तर संघर्ष गर्दै जानु भएको छ । आशावादी छु यो क्रमले निरन्तरता पाइरहोस ।
विगत कोट्याउने अनुमति चाहान्छु कमरेड किनकी वर्तमान नै विगतको यथार्थ हो । २२ वर्ष अगाडिको हाम्रो भेट संगठन निमार्णको क्रममा भएको थियो । त्यही सानो तर अविष्मरणिय भेट्ले हाम्रो यात्रा लाई एउटै यात्राका सहयात्री बनाएर ल्यायौं । हाम्रो मिलनका साक्षीहरु ह्ाम्रो पार्टीबाट लाखापाखा लागि सकेको यथाथर्ताबाट तपाई पनि अनविज्ञ हुनुहुन्न तर पनि हाम्रो यात्रामा निरन्तरता कायम रहि आएको छ । यसमा हाम्रो जित वा हार के भएको छ भविष्यले उत्तर दिनेनैछ । पारीवारीक यात्रालाई पार्टी संगठनसंग लैजाने क्रममा लामो समय म विमुख बन्नु परेको तितो यथार्थ यहाँले मनन् गर्नु भएकै छ । तर यहाँको यात्रामा एक पाईला थपेर यात्रालाई सुगम बनाउन मैले खेलेको भूमिकालाई सहि सदपयोग गर्दै यहाँले जुन चिन्ताका साथ क्रान्तिको यात्रामा आफ्ना पाईलालाई निरन्तरता दिइरहनु भएको छ त्यसको लागि पार्टी संगठनले यहाँको उच्च मूल्याङ्क गर्ने नै छ र गरिरहेको पनि छ । कहि कतै मेरो चिन्तनमा भएको कमी कमजोरीले गर्दा यहाँको यात्रामा ठेस लाग्न पुगेको भए क्षमा प्राथी छु । पारिवारीक वृद्धिसंगै आइपरेको आर्थिक संकटको वोझलाई हल्का गराउने उद्देश्यले आपसी समझदारी मै यहाँको कार्यलाई निरन्तरता कायम राख्ने उद्देश्यले म मेरो यात्राबाट केही हदसम्म पछि लागेको सत्यलाई हामी दुवैले बुझ्ने नै छौं र पनि हाम्रो परिवारको आर्थिक वोझ ज्यूँ का तिउ रहिरहको वास्तविकताबाट पनि हामी अनविज्ञ छैनौं । ६ वर्ष कतारको वसाइलाई मैले एउटा कठोर यातनालय महशुस गरेको छु । हुन त यस वसाइले दिएको प्रतिफलबाट हाम्रा सन्ततीले शिक्षा हासिल गरेका छन् तर यथार्थतमा भन्ने हो भने मेरो यात्रामा यसले अवरोध ल्याएको कुरालाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा यो वसाइलाई मैले यातनालय नै ठानेको छु ।
पि्रय कमरेड अवमूल्यशिल मेरो यो वसाइलाई पुनः कतार नेपाली एकता समाजको ऐतिहासिक राष्ट्रिय सम्मेलन नोभेम्बर ६ तारिखले उर्जा प्रदान गरेको छ । आमन्त्रित प्रतिनिधीको हैसियतले उक्त सम्मेलनमा भाग लिन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । सम्मेलन हलमा देखिएको भिड र कार्यकर्ताहरुको उत्साह र जोसले देख्दा आफू बिचमा कतै हराउदा थकथकी लागेर आउँछ स्वदेशमा रहंदा संगठन निमार्णका दौरानमा देखिएको जोस जाँगर पुनः पैदा भएको महशुस भएको छ । गत साल पत्रपत्रिका देखिएको संगठनको फूटलाई यो सम्मेलनले गतिलो झापड दिएको महशुस गरेको छु । ६ तारिकको यस सम्मेलन को सफलताले स्वार्थ सिद्धमा लागेका भगौडाहरुलाई अवश्य पनि थकथकी लागेको होला भन्ने महशुस गरेको छु । साँच्चै भनु भने सधैंजसो देखिने हाम्रो पार्टी संगठनको फुट परस्त गतिविधीले मेरो खिन्नताभित्र पैदा भएको निराशालाई ६ नोभेम्बरले धावा वोलेको प्रष्टै देखिने मौका पाएँ जसको लागि आयोजक कमिटिका साथीहरुलाई धन्यवादका पात्र रहिरहने छन् ।
कमरेड हजुरलाई याद होला चुनाव परस्त साथीहरुले हाम्रै घरमा खाना खाएर तथाकथित भेलाको आयोजना गर्दै बहुमतको डङ्का पिड्दै हामीहरुलाई खिया लागेको फलाम बनाउदै आफू स्पात बनेको सगर्व घोषणा गर्दै जनयुद्धको संघर्ष गर्न रोल्पा लागेको सायद विस्रनु भए होला । उनीहरुले यो घोषणा गर्दै बाटो लाग्दा हाम्री ठूली छोरी हाम्रो कोखमा त्यस्तै २,३ वर्षको थिइन । नयाँ जनवादी सत्ता प्राप्त गर्ने उद्देश्यले हाम्रै पिढीबाट विदाइका हात हल्लाउदै हाम्री छोरीलाई वाई-वाई गरेको आज १३,१४ वर्ष भइसकेको छ । तथाकथित क्रान्तिको वैठान आज उनीहरुकै भाषामा प्रतिकि्रयावादी सत्तामा आएर टुङ्गिएको छ । मैले प्रसङ्गलाई केही मोडे किनकी यहाँको कतार नेपाली एकता समाजबाट वाई-वाई गर्ने साथीहरुलाई पनि आज यही समाजको वरिपरि टालेको टालो जस्तै लरखरिदै हिडेका छन् । त्यसैले कमरेड मैले माथि भने झै लहरमा क्रान्ति भन्दै १२ हात उपि्रुएर मात्र हुने रहेनछ क्रान्तिले खोज्नु र माग्नु पर्ने हुन्छ अतयव निरन्तरता नै सफल क्रान्तिकारीको पहिचान हो भन्ने मलाई लाग्दछ ।
चलिरहने हतियार भन्दा भण्डारनमा थन्किएको हतियार भुत्ते हुँदो रहेछ भन्ने कुराको महशुस भएको छ र थकथकी लागेर आएको छ । आन्दोलनको वहाव संगै हिड्न सकेनौं भने वहाव संगै जुध्ने आँट पनि नहुँदो रहेछ । कतारको मरुभूमिमा रोजी रोटीको समस्यालाई हल गर्दै बचेको समयलाई सदुपयोगमा ल्याउदै यहाँका साथीहरुले दिएको योगदान र निरन्तरता मेरो लागि पाठ भएका छन् । अझ पनि मैले व्यक्तिगत समस्याको दुहाइ िदंदै लुकामारीको खेल खेल्दै रहे भने इतिहासले अवश्य पनि मलाई भगौडाकै कोटीमा थान्को ले्गाउने छ अतयव पि्रय कमरेड यो भण्डारनमा थन्किएको हतियारलाई चलयमान गराउन यहाँको सहयोग सदभाव र खबरदारीको अपेक्षा गर्दछु ।
पार्टी संगठनमा आइपरेको तमाम खाले उतर चढाव फुट र गुट उपगुट बाट हामी छुट बनेनौं यो मानेमा हामी भाग्यमानी हौं बिचमा खारिदै गएको मालेमावादको धारीलो हतियार यसको ज्वलन्त प्रमाण हो तर आन्दोलन र क्रान्ति प्रतिको हाम्रो निरन्तरताको बारेमा हामीेले मूल्याङ्कन गर्नै पर्छ । व्यक्तिगत लाभ- हानीमा हामी रुमल्लीरहने हो भने क्रान्तिको उमारले पक्कै पनि हामीलाई पछि पार्ने छ । क्रान्तिको मैदानबाट भाचिएको िसंङ फेरि त्यही रुपमा उमि्रन थुप्रै समयको खाँचो पर्ने छ । वैचारिक हतियार प्राप्त गर्ने सिङ्गो पार्टी र संगठन दयाको भिषमा प्राप्त हुँदैन आन्दोलनको भुमरीमा खारीदै र पछारीदै प्राप्त गरिने सदस्यितालार्इे द्रव्यको मूल्यमा हिसाब किताब गर्नेहरुको लागि पार्टी सदस्यता खेलौना बन्न सक्ला तर सदस्यताको रसिदमा फहराइरहेको झण्डाको रगतको मूल्यलाई कसैले पनि हिसाब किताब गर्न सक्तैन त्यसैले वैचारिक धरातलमा अझ फराकिलो पार्न अध्ययनको खाँचो मैले महशुस गरेको छु ।
पति र पत्नीेको बिचमा हाम्रो नातामा हामी कति सफल छौं वा छैनौं त्यसको हिसाब किताब परिवारका सेदस्य वा समाजले गर्ला नै तर वैचारिक रुपबाट झाङ्गिएको हाम्रो यात्राको निरन्तरता र पार्टी संगठनलाई हामीले गरेको योगदानको मूल्याङ्कन िसंङ्गो पार्टी संगठनले गर्ने छ । इतिहास आफै बन्दैन बनाउदै जाने हो त्यसैले यात्रामा आइपर्ने कठिनाइलाई पन्छाउन सक्नुपर्छ जस्तो मलाई लाग्दछ । फेरि पनि म अनुरॊध गर्दछु यि चिजको प्राप्ति कडा मेहनत निस्वार्थ भावनाबाट प्राप्त हुन्छ जसको लागि अध्ययनको जरुरत हामी बिचमा अझ हुनुपर्दछ ।
अन्तमा कतारको यस अत्यासलाग्दो भूमिमा आफूले पोखेको रगत र पसिनाको मूल्यको उचित कदर यहाँबाट हुने नै छ र आफू मातहत रहेका छोरीहरुको उज्वल भविष्यको लागि जीवन जिउने आधार वैचारिक रुपबाट तयार पार्ने काममा यहाँको अहम भूमिका रहने छ त्यसको लागि म बाट प्राप्त सहयोग र सदभावमा निरन्तरता कायम रहने प्रणका साथ यहाँ रहँदासम्म कतार नेपाली एकता समाजको झण्डामुनिरहेर आफ्ने क्षेत्रबाट सक्ने सहयोग र सदभावमा अझ तिव्रता ल्याउने प्रणका साथ जनवादी गायक जीवन शर्माको यो गितको पंक्तिबाट विदा हुने अनुमति चाहान्छु ।
सागर भेट्न जाँदैछ नदि संगै संगै जाउ
पानी खेल्ने माछी तिमी पौडी खेल्दै जाउ
पहराले छेके पनि पहिरोले रोके पनि