चीन सरकारले तिब्बतका बौद्ध भिक्षुहरुलाई पेन्सन लगायतका विभिन्न सुविधा दिने

चीन सरकारले तिब्बतका बौद्ध भिक्षुहरुलाई पेन्सन लगायतका विभिन्न सुविधा दिने भएको छ । तिब्बतमा भिक्षुहरु दैनिक गुजारा चलाउन दान दक्षिणाको भर पर्नु पर्ने अवस्था रहेकोमा अब चीन सरकारले उनीहरुलाई पेन्सन, स्वास्थ्य विमा र आवास भत्ता दिने योजना अघि सारेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

यो बाहे अन्य आधारभूत सेवा पनि भिक्षुहरुलाई उपल्ब्ध गराइने भएको छ ।

 

तिब्बतमा राजनीतिक स्थिरताका लागि यो योजना ल्याइएको अनुमान गरिएको छ । यसले तिब्बती भिक्षुहरुलाई चीनप्रति वफादार बन्न प्रोत्साहित गर्ने विश्लेषण चिनियाँ अधिकारीहरुको रहेको छ । पछिल्ला केही महिनामा चिनिया सरकार विरुद्ध ११ भिक्षुले आत्मदाह गरेको प्रयास गरेकोमा ६ जनाको मृत्यु भएको थियो ।

 

चिनिया कम्युनिष्ट पार्टीको तिब्बत कमिटीको वैठक पारेर यो घोषणा ल्हासाबाटै गरिने सम्भावना रहेको छ ।

 

तिब्बतमा अधिकांश बौद्ध भिक्षुहरु निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वाफादार मानिन्छन् भने पश्चिमाहरुले तिनै भिक्षुहरुलाई चीन विरुद्ध भड्काउँदै आउने गरेका छन् ।