– डि.आर.जी-सुमन
चिली, साऊथ अमेरिका
परिचयका शब्दहरु अब नसोध मलाई
किनकी बाटो बिराएको यात्री हो म
दोहोरो अर्थ नलगाऊ यो जिन्दगीको
किनकी अझै ठेट अर्थ खोज्न हैरान छु म
मेरो अतित कोटाउँन नखोज तिमि
किनकी अतितका ति पलहरु नजिकै छु म
बाधेतामा पनि बिवस नतुलाउ मलाई
किनकी बिबस्तामै रुमलीएको सजिब हो म
झुट्टा आशोव्सनमा डुबाउने कोसिस नगर मलाई
किनकी धोकै धोकामा बाँचेको जिउदो सहिद हो म