कोलोम्बियाको बिद्रोही संगठन फार्कका नेताको मृत्युपछि सो संगठनको नयां नेतामा राड्रिगो लानडाना चयन भएका छन् । दुई साताअघि सुरक्षाकर्मीसंगको मुठभेडमा ६३ बर्षिय नेता एलफोसो कानोका मृत्यु भएको थियो । टिमोचेको नामले प्रख्यात नयाँ नेता हमलामा पोख्त रहेको बिद्रोहीहरुको भनाई छ । उनले सन् १९९८ मा कोलोम्बियामा भएको हमलमा मुख्य भूमिका निर्वाह गरेका थिए ।
उनकै नेतृत्वको समूहले सो हमलामा कोलोम्बियाको मिटु शहरमाथि कब्जा जमाएका थिए भने उक्त हमलामा ६१ जनाको बन्धक बनाउनुका साथै ३० सुरक्षाकर्मी मारिएका थिए ।