हङकङ, मंसिर २ विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले यसवर्ष संसारका सर्वाधिक शक्तिशालीहरूका सूचीमा अमेरिकी राष्ट्रपति ५० वर्षीय बाराक ओबामालाई पहिलो स्थानमा राखेको छ । विभिन्न चुनौतीका बाबजुद ओबामाले अत्यधिक खोजीमा रहेका आतंकवादी ओसामा विन लादेन विरुद्ध चालेको कदमलाई महत्वपूर्ण सफलताहरूमध्ये एक बताइएको छ । विश्वभरका करिब ७ अर्ब मानिसहरूबाट म्यागजिनले ७० सर्वाधिक शक्तिशाली छनौट गरेको जनाएको छ । हालै प्रकाशित सूचीमा दृढ इच्छाशक्तिका कारण यिनले कुनै न कुनै तवरले संसारमा आ