अर्घाखाँची: संकटमा कटुवाल प्रथा

– प्रेमनारायण आचार्य


अर्घाखाँची, यूएई डेस्क – परम्परागत सूचनाको माध्यम कटुवाल प्रथा संकटमा परेको छ । कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुन थालेपछि यसैबाट जीविकोपार्जन गर्ने मानिसहरु  बैकल्पिक पेशाको खोजीमा लागेका छन् ।


सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर जिविका चलाउने कटुवालहरु बढ्दो संचार प्रविधिको विकाससँगै पेशा परिवर्तन तिर लागेका हुन् । एफएम रेडियो, स्थानीय पत्रपत्रिका र मोबाइल फोनको उपलब्धता र बढ्दो प्रयोगसँगै कटुवाल पेशा लोप हुने अवस्थामा पुगेको गैर सरकारी सस्था महासंघका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताउनुभयो ।