नरपानीमा चुनढुंगा उत्खननले खानेपानीको मुहान सुक्यो


 

– वीरेन्द्र केसी


अर्घाखाँची – नरपानीमा चुनढुंगा उत्खनन गरेको छ वर्षमा मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । खानेपानीको मुहानै सुकेपछि गाउँले चिन्तित भएका छन ।


नरपानीको नर्तनााचल पहाडको फेदीको कालापातल मुहानबाट वाहै्र महिना निस्कने पानीको मुहान अहिले सुकेको छ । मुहान सकेपछि खानेपानीका टयाकीमा ढुङ्ग भरिएका छन । यो मुहानबाट नरपानी ४ ५ र ७ वडाका करिब ३ हजार जनसंख्याले पानी खादै आएका थिए । यस अघि व्यवासायीक रुपमा तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका गाउँलेले धारमा पानी बन्द भएपछि तरकारी खेती पनि बन्द भएको छ । सरकारले १५ वर्षसम्म चुनढुंगा उत्खनन गर्न भारतको डाईनेष्टिक कम्पनीलाई अनुमति दिएको छ । उत्खनन कार्यको ६ वर्ष भित्रै एकाएक खानेपानीका मुहान सुकेपछि गाउँले संकटमा परेका छन ।


जिल्लामै सबैभन्दा खानेपानीका मुहान धेरै र ठुलो भएकाले नरापानीबाट सदरमुकाम सन्धिखर्क लगायत पाली खाँचीकोट सितापुर लगायतका गाविसमा यही मुहानबाट पानी लगिएको छ । ठुलो पहाड र जंगलले घेरिएकाले यहा पानीका मुलहरु धेरै थिए । नरपानीका विभिन्न मुहानबाट करिब १ लाख जनसंख्याले पानी खाँदै आएका थिए । सदरमुकाममा आउने मुहान पनि सुक्दै गएको स्थानीयले बताएका छन । खानेपानीका मुहान नै सुकेको विषयलाई लिएर नरपानीका सबै गाउँलेले उत्खनन सधाकै लागि बन्द गर्न भन्दै आईतवार देखी आन्दोलन गरिरहेका छन । 

 
उत्खनन नरोकिए १ लाख जनसंख्या खानेपानीका कारण विस्थापित हुने भन्दै विरोध गरेपछि उत्खनन कार्य आईतवार देखी नै बन्द भएको छ । नरपानीका करिब २ सय ५० घरपरिवारले कालापातलको मुहानबाट व्यावसायीक तरकारी खेती गर्दै आएका थिए तर असोज देखी करिब १ सय घरमा आउने खानेपानीको मुहान सुकेकाले तरकारी खेती गर्नबाट विाचत भएको नरपानी जगतका कृषक ईन्द्रमणी न्यौपानेले बताए  । नरपानी बचाउ आन्दालेनका संयोजक पदम केसीले चुनढुंगा उत्खनन गर्दा खानेपानीका मुहानहरु सुक्दै जाँदा नरपानी लगायत जिल्लाका १ लाख जनसंख्या विस्थापित हुने खतरा भैसकेको बताए । कि सरकारले १ लाख जनसंख्यालाई बसाईको व्यवस्था गर्नुपर् र्यो उनले भने बाह्रै महिना खोला बग्ने मुहानमा अहिले पानीको एक थोपा देख्न पाईदैन । उनले सरकारले यसलाई रोकी लाईसेन्स खारेज गरी कम्पनीलाई विदा गर्न माग गरे । कम्पनीले जथाभावी पानीका मुहानै सुक्ने गरी उत्खनन गरेकाले यति छिटै खानेपानीका मुहान बन्द भएका हुन ।

 



चुनढुंगा उत्खनन गरेर कम्पनीलाई मात्रै सिमित फाईदा भन्दा िसंगो गाउँ र जिल्लालाई जोगाउनुपर्ने गाउँलेको भनाई छ । यो ऐतिहासिक सुन्दर पहाड मासिए केही वर्षमै मरुभुमी बन्ने र नरपानी लगायत आसपासका वासिन्दा विस्थापित हुनुपर्ने र खानेपानीका कारणले जिल्लाका विभिन्न गाउँका वस्तीहरु पनि संकटमा पर्ने भएकाले यसले जिल्लालाई ठुलो असर पर्ने संभावना देखिएकाले अब उत्खनन कार्य सधैका लागि बन्द गर्नुपर्ने सबै गाउँलेहरुको माग रहेको केसीको भनाई छ । सरकारका मन्त्री र कर्मचारी आएर गाउँलेको दुःख हेर्न उनीहरुको आग्रह छ । आईतवार देखी करिब ४ हजार गाउँले उत्खनन कार्य अगाडी दैनिक धर्ना दिएर काम सधाकै लागि बन्द गर्न माग गर्दै काम रोकेका छन ।


डाईनेष्टिक कम्पनीका निर्देशक एवं ओम साई कन्टक्सनका साचालक होमनाथ गौतमले चुनढुगा उत्खननबाट खानेपानीका मुहान बन्द भएपनि त्यो कम्पनीले पुर्ति गर्न नसक्ने बताए । उनले आफुहरुले सरकारलाई कर तिरेकाले मुहान सुकेर गाउँले खानेपानीको संकटमा परे सरकारले जिम्मा लिनुपर्ने बताए ।

 









Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.