अमेरिकाले हाइपरसोनिक बम बाहक बिमानको सफल परीक्षण गरेको छ । एडभान्स हाइपरसोनिक वेपन एएचडब्ल्यु नाम दिइएको यो बिमानले ध्वनीको गतिभन्दा पाँच गुना बढी रफ्तारमा उडान भर्न सक्ने अमेरिकी बैज्ञानिकहरुले जनाएका छन् । एक घण्टामा ६ हजार किलोमिटरको दूरीसम्म उडान भर्न सक्ने हाइपरसोनिक बिमानलाई अमेरिकाको मिसाइल परीक्षण केन्द्रबाट परीक्षण गरेको हो । बिमान परीक्षणका क्रममा आधा घण्टामा २३ सय किलोमिटरसम्मको दूरीमा पुगेको थियो ।
बिमान रकेटका रुपमा प्रशान्त महासागरको बायुमण्डलको माथिल्लो सतहबाट दक्षिणपश्चिम भागको क्वाजालिन एटलमा पुगेको अमेरिकी बैज्ञानिकहरुले जनाएका छन् । बिमानको सफल परीक्षणसँगै अव अमेरिकाले चाहेमा संसारको जुनसुकै कुनामा एक घण्टाको अवधिमा आक्रमण गर्न सक्नेछ । बिमान निर्माणका लागि २४ करोड अमेरिकी डलर खर्च लागेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । यसअघि गत अगस्तमा यही सुपरसोनिक बम बाहक बिमान परीक्षण बिफल भएको थियो ।