– प्रेमनारायण आचार्य
अर्घाखाँची ४ मसिर । अर्घाखाँचीको जुकेना गाविसमा रहेको सुधा उच्च माबिमा बिगत चार दिन देखि लगाएको ताला खुल्न नसक्दा बिद्यालयको दोस्रो त्रैमासिक परीक्षा समेत संचालन हुन सकेको छैन् ।
बिद्यालयमा नेपाली बिषयको शिक्षक राख्ने बिषयमा स्थानीय राजनितिक दलहरु बिच समझदारी कायम हुन नसके पछिगएको बिहीबार देखि बिद्यार्थीहरुले बिद्यालयमा तालाबन्दी गरेका थिए ।
खुल्ला प्रतिस्प्रधाबाट योग्य शिक्षक राख्नु पर्ने शिक्षक नियुक्तिमा राजनितिकरण गर्न नहुने भन्दै बिद्यालयमा तालाबन्दी गरेपछि बिद्यालयका१ देखि १२ सम्मका सम्पुर्ण कक्षामा पढाई संचालन हुन सकेको छैन ।
चार दिन देखिबिद्यालयमा तालाबन्दी भए पछि आज देखि सुचारु भएको बिद्यालयको दोस्रो त्रैमासिक परीक्षा रोकिएको बिद्यार्थी हिमाल घिमिरेले बताएका छन् ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.