बालबालिका होटल यातायातका सवारी साधन र मजदुरीमा

– प्रेमनारायण आचार्य


अर्घाखाँची ४ मसिर । हामी सबैको सरोकार शान्ती संबिधान रसुनिस्चित बाल अधिकार भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल दिबसको अबसरमा अर्घाखाँचीको सन्धिखर्कमा १ दिने छलफल कार्यक्रम आज सम्पन्न भएको छ । 


जिल्ला बाल कल्याणसमिति अर्घाखाँची र राष्ट्यि मानब अधिकार आयोग उपक्षेत्रिय कार्यलय बुटबलको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाको अधिकारका लागि सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताएका छन् ।


उनीहरुले अर्घाखाँचीमा सडक बालबालिका र अन्य बालबालिकाहरु होटल यातायातका सवारी साधन रमजदुरीमा बढी प्रयोग हुने गरेको औल्याएका छन् ।


कार्यक्रममा जिल्ला अस्पतालका डा. चित्राप्रसाद शर्मा वाग्ले जिबिसकायोजना तथा प्शासकिय अधिकृत दिपक ढकाल जिल्ला शिक्षा कार्यलयकाी बिनी साबीत्रा पौडेल एमालेका जिल्ला उपाध्यक्ष जनार्दन खनाल  एकिकृतका डिलाराम पाण्डे मानब अधिकार आयोग बुटबलका दिपक जंग कार्की नेपाल बाल संगठनका जिल्ला अध्यक्ष देबराज श्रेष्ठ गैसस महासंघका अध्यक्ष शम्भु पोख्रेल नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य ईन्सेक प्रतिनिधि नारायण भुसाल जिल्ला बाल संरक्षण अधिकृत बिना प्युठानी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी भेसराज खनालको अध्यक्षता रमहिला बिकास अधिकृत जमुना भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

 











Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.