काबुलमा सम्पन्न जातीय नेताहरुको लोया जिर्गा सम्मेलनले तालिवानसँग सरकारले अघि वढाएको शान्ति वार्तालाई समर्थन

अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न जातीय नेताहरुको लोया जिर्गा सम्मेलनले तालिवानसँग सरकारले अघि वढाएको शान्ति वार्तालाई समर्थन गरेको छ । सम्मेलनले नेटोका अरु सेना स्वदेश फर्किए पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने प्रस्तावलाई स्वीकृती प्रदान गरेको छ ।

 

प्रस्तावित सुरक्षा सम्झौता अनुसार सन् २०१४ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने छ । तर दश वर्षका लागि प्रस्तावित सम्झौतामा अमेरिकी सेनाले रात्री कारवाही गर्न नपाउने लगायतका विभिन्न शर्त राखिएका छन् । यो प्रस्ताव वाध्यकारी भने हुने छैन ।

 

 

चार दिन सम्म चलेको सम्मेलनमा करिब २ हजार आदीवासी र जातिय नेताहरुको सहभागिता थियो । उच्च सुरक्षा सतर्ककताकाबीच सम्पन्न सम्मेलनमा भाग लिने जो कोही माथि तालिवानले आक्रमण गर्ने धम्की दिएको थियो । गत सेप्टेम्बरमा कारजाईका शान्तिदूत पूर्व अफगान राष्ट्रपती बुरानुद्धिन रब्बानीको हत्या पछि तालिवान विद्रोहीसंगको शान्ति वार्तालाई प्राथमिकता दिंदै लोया जिर्गाको आयोजना गरिएको हो ।