सन् १९७० को दशकमा कम्बोडियामा राज गरेको खमेरुजका तीन बरिष्ठ अधिकारी बिरुद्ध सुनुवाई

सन् १९७० को दशकमा कम्बोडियामा राज गरेको खमेरुजका तीन बरिष्ठ अधिकारी बिरुद्ध सुनुवाई भएको छ । तीनै जना बिरुद्ध २० लाख जनताको हत्याको आरोप लागेको छ । यी नेताहरुमाथि मानवता बिरोधी अपराध, नरसंहार, प्रताडना, धार्मिक उत्पीडनको आरोप पनि लागेको छ ।

 

 

आम नरसंहारको आरोप लागेका खमेररुज सरकारका बिचारधारा प्रमुख नुन चिया, पूर्व राज्य प्रमुख खिउ साँपान र पूर्व बिदेश मन्त्री लेंग सारी ८० भन्दा बढी उमेरका छन् । कम्बोडियामा खमेरुजले सन् १९७५ देखि १९७९ सम्म राज्य संचालन गरेको थियो । सो समयका थुप्रैं नेताहरुका मृत्यु भइसकेकोले तीनजनाबिरुद्ध आम नरसंहारको आरोपमा अदालतमा सुनुवाइ सुरु भएको हो । सुनुवाइ थालिएका तीनै जना नेता सन् २००७ यता हिरासतमा छन् ।