एचआइभी संक्रमणको दरमा २० प्रतिशतले कमी

विश्वमा प्राणघातक रोग एड्सको संक्रमणको स्तर विगत १४ वर्ष यता कै सबैभन्दा कम विन्दुमा रहेको तथ्य प्रकाशमा आएको छ ।

 

एड्सको रोकथाममा सक्रिय संयुक्त राष्ट्र संघको युएन एड्स निकायले एड्सको संक्रमण सम्बन्धी पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो दशकमा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासले एचआइभी संक्रमणको दरमा २० प्रतिशतले कमी आएको जनाएको हो ।

 

 

प्रभावकारी उपचारका कारण पनि एड्स र योसंग जोडिएका अरु रोगबाट मर्नेको संख्यामा पनि निकै कमी आएको रिपोर्टमा उल्लेख छ । तर अफ्रिकामा एचआईभीको संक्रमण अझै पनि उच्च रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । विश्वमा सन् १९९७ मा एड्स संक्रमणको स्तर सबैभन्दा बढी रहेको थियो ।