न्युयोर्क, ६ मंसिर परमाणु कार्यक्रम अगाडि बढाएको आरोपमा प्रतिबन्ध झेलिरहेको इरानविरुद्ध अमेरिका, बेलायत र क्यानडाले थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
बेलायतले इरानी बैंकहरुसँग कुनै किसिमको कारोबारमा रोक लगाएको छ भने क्यानडाले पेट्रोकेमिकल, तेल र ग्याससँग सम्बन्धित उद्योगमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।
यसअघि राष्ट्रसंघले पछिल्लो समय प्रस्तुत गरेको प्रतिवेदनमा इरानले परमाणु हतियार निर्माण गरिरहेको आधार प्रस्तुत गरेको थियो । इरानले यो आरोपको खण्डन गर्दै ुशान्तिपूर्ण कार्यका लागि परमाणु कार्यक्रम रहेकोु बताएको छ ।
यता, नयाँ प्रतिबन्धपछि इरानको पेट्रोकेमिकल, तेल र ग्यास कम्पनीहरुमा असर पर्ने बताउँदै अमेरिकाका विदेशमन्त्री हिलारी क्लिन्टनले यसले इरानमाथि थप दबाब पर्ने बताएकी छन् । ूनयाँ प्रतिबन्धले इरानमाथि दबाब अरु बढ्नेछ, हामी आशा गर्छौं कि अन्य मुलुकहरुले पनि इरानको परमाणु कार्यक्रम रोक्न प्रतिबन्ध लगाउने छन्,ू क्लिन्टनले विदेश विभागमा पत्रकारहरुसँग भनिन् । ९ओएनएस०