माओवादी नेताले ज्यान मार्ने धम्की दिए

– वीरेन्द्र केसी

 

अर्घाखाँची – घरमा लगाईएको ताला खोल्न नमानेको भन्दै माओवादीले सहिद परिवारलाई ज्यान लिने धम्की दिएका छन ।


माओवादीका मगरात राज्य समिति सदस्य धर्म भुसालले केरुङ्गा स्थित सुदिप ज्ञवालीकी श्रीमती राधालाई घरमा लगाईएको ताला खोल्न नमानेको भन्दै जान लिने धम्की दिएको पत्रकार सम्मेलनमा ज्ञवालीले बताए । कार्तिक २५ गते भुसाल आफै घरमा गई राधालाई घरमा लगाईको ताला खोल्नको लागि साँचो बुझन आग्रह गरेका थिए ज्ञवालीले भने नमानेपछि मंसिर २ गते साँझको बेला घरमा बसेकी मेरी श्रीमतीलाई साँचो बुझेर ताला नखोले तेरो श्रीमान सुदिपलाई मारिदिन्छौ भन्ने धम्की दिए । साँचो बुझेर ढोका नखोले सुदिपलाई तेरो ससुरा राममणीलाई जस्तै मारिदिने चेतावनी दिएको उनले बताए । 

 
सुदिपका वुवा राममणीलाई माओवादीले २०५८ साल फागुन २९ गते घरभित्रै हत्या गरेका थिए । २०६० साल बैशाख ९ गते घरमा तालावन्दी गरेका थिए । उनी काग्रेसका नेता थिए । द्धन्द्ध पीडित स्मृती प्रतिष्ठानका अध्यक्ष ज्ञवालीकी श्रीमतीलाई दिएको धम्कीप्रति प्रतिष्ठानले भ्रत्सना गरेको छ । उपाध्यक्ष हेमन्त वेल्वासे विष्णुकुमार क्षेत्री र सचिव पुष्कर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा धम्कीपछि घरपपिरवार रातको छिमेकीकोमा शरण लिएको र त्रसित भएकाले धम्की दिनेलाई कारवाही गर्न माग गदै शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेको छ  । द्धन्दको क्रममा माओवादीबाट कब्जा गरि तालावन्दी गरिएका घरसम्पत्ती पिर्ता  गरिएपनि ज्ञवाली सहित जिल्लाका पाँच परिवारले क्षतिपुर्ती नदिएसम्म ताला नखोल्ने अडान लिदै आएका छन । सुदिप स्थानीय शान्ति समिति केरुङ्गा गाविसका संयोजक समेत हुन ।


माओवादी सदस्य भुसालले आफुले साचारकर्मीलाई रिपोटिङ्गका लागि मोटरसाईकलमा बोकेर दिउसो ज्ञवालीको घरमा लागेको तर जबरजस्ती साँचो बुझन आग्रह नगरेको र २ गते राती आएर धम्की नदिएको दावी गरे । उनले टेलिफोनमा भने मैले कुनै धम्की दिएको छैन आरोप कपोकल्पित र झुटा हो । ज्ञवाली परिवारले भने सुनियोजित रुपमा पत्रकारलाई ल्याएर जबरजस्ती साँचो बुझन बाध्य पारिएको र नमानेपछि २ गते साँझ आएर सुदिपलाई ज्यान मार्ने धम्की दिएको बताएको छ ।


 माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार विकले शान्ति सम्झौता अनुसार जिल्लामा कुनैपनि कब्जा गरिएका घरसम्पत्ती पिर्ता गर्न वाँकी नरहेको र द्धन्द्धमा मारिएको सहिद परिवारलाई धम्की दिने र जबरजस्ती गर्ने कुनै नीति नरहेको बताए । भुसालले ज्ञवालीको घरमा पत्रकारलाई लिएर समाचार संकलन गर्न सहयोगको लागि गएपनि नधम्क्याएको उनले बताए ।


नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले  सहिद परिवारलाई दिएको धम्कीप्रति घोर भ्रत्सना गर्दै छानविन गरि कडा कारवाही गर्नुपर्ने बताए । सहिद परिवारलाई जबरजस्ती धम्की दिएर माओवादीले शान्ति सम्झौताको उल्लङघन गरेको बताए । उनले यसबारेमा पार्टीले अनुसन्धान गरिरहेको पनि बताए । 

 
ज्ञवाली परिवारलाई धम्की दिएको विषयमा विहीवार प्रहरी प्रशासन सहित सर्वदलीय बैठक बस्दैन । 

 
स्थानीय शान्ति समितिका जिल्ला संयोजक विष्णु मुस्कानले व्यक्तिको घरमा गएर धम्की दिनु निन्दनीय कार्य भएको बताए । उनले यसबारे तत्काल छानविन गर्ने पनि बताए ।

 















Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.