थाइल्याण्डको अदालतलले राजसंस्थाको अपमान गरेको आरोपमा एक व्यक्तिलाई २० वर्षको जेल सजाय

थाइल्याण्डमा राजसंस्थाको अपमान गरेको आरोपमा एक व्यक्तिलाई २० वर्षको जेलथाइल्याण्डको अदालतलले त्यहांको राजसंस्थाको अपमान गरेको आरोपमा एक व्यक्तिलाई २० वर्षको जेल सजाय सुनाएको छ । ६१ वर्षिय अम्पोन तंगनोप्पाकुललाई गत वर्ष भएको सरकार विरोधी प्रदर्शनका क्रममा मोबाइलबाट तात्कालीन प्रधानमन्त्री अभिजित भेज्जाजिवाका सहयोगी कर्मचारीलाई राजसंस्था विरोधी चार वटा सन्देश पठाएको सम्बन्धमा दोषी पाइएको बताइएको छ ।


उनीमाथि कम्यूटर अपराध र राजसंस्थाको प्रतिष्ठा सुरक्षित गर्ने कानुन अनुसार मुद्धा चलाइएको थियो । पछिल्लो महिनाको बाढीको प्रभावका कारण अम्पोन भने अदालती कारवाहीमा सहभागी थिएनन् । अदालतले प्रत्येक सन्देशको ५ वर्षका हिसाबले उनलाई २० वर्ष सजाय सुनाएको हो । आलोचकहरुले भने यी दुवै कानुनले राजनीतिकरणलाई बढावा दिएको र यसैको आडमा थाइल्याण्डमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भैरहेको अरोप लगाएका छन् ।