भारतका कृषिमन्त्री शरद पवारलाई एक युवकले थप्पड हाने
मंसिर ९ गते, २०६८ मा प्रकाशित
भारतका कृषिमन्त्री शरद पवारलाई आज एक युवकले थप्पड हानेका छन् । नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई फर्कने क्रममा कृषि मन्त्री पवारलाई हरबिन्द सिंह नाम गरेका पंजावी युवाले थप्पड हानेका हुन् ।
बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै पवारलाई थप्पड हानेको युवाले बताएका छन् । तिनै युवकले केही दिन अघि भारतका टेलिकम मन्त्रीमाथि पनि हमला गरेका थिए । थप्पड हाने लगत्तै सिंहलाई पक्राउ गरिएको छ ।
सिंहले आफूले प्रचारका लागि लागि नभई भ्रष्टाचार र महंगीबाट दिक्क भई थप्पड हानको प्रतिक्रिया दिएका छन् । भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आफ्ना कृषिमन्त्रीमाथि प्रहार भएको थप्पडलाई महत्व नदिन आग्रह गर्नुभएको छ ।