महिला हिंसा विरुद्धको अभियानमा र्याली

– शोभाखर पन्थी

 

अर्घाखाँची मंसिर ९ । महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सफल पार्न अर्घाखाँचीमा लैङ्गिंक महिला हिंसा विरुद्धको श्रोत समुहले आपःनो सकि्रयता बढाएको छ ।

 

श्रोत समुहको आयोजनामा आज सन्धिखर्कमा चेतनामुलक र्याली सम्पन्न भएको छ ।


सन्धिखर्कको शान्ति बगैचा चोकबाट सुरु भएको र्याली सन्धिखर्क बजार परिक्रमा गरी पुन सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 



कोणसभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले महिला हिंसाको अन्त्यका लागी चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए । उनले महिला हिंसाका घटनालाई लुकाएर नराख्न समेत आग्रह गरे ।


र् यालीमा कार्यालय प्रमुख  प्रहरी  राजनितिक कार्यकर्ता  सामाजिक संघसस्थाका प्रतिनिधि  संचारकर्मि लगायत स्थानीय बासिन्दाको सहभागिता थियो ।


मंसिर २५ गतेसम्म संचालन हुने १६ दिने अभियानमा जिल्लाका गाउँ गाउँमा समेत सचेतनामुलक कार्यक्रम संचालन गरिने भएको छ । श्रोत समूहले जिल्लाका सरकारी तथा गैरसरकारी संघसस्थाको सहयोगमा बृहत अन्तरकृया कार्यक्रम  सडक नाटक प्रदर्शन  प्रवचन कार्यक्रम विचार गोष्टि  लोक नृत्य बक्तृत्वकला निबन्ध प्रतियोगिता घरदैलो लगायतका कार्यक्रम संचालन गरिने जनाईएको छ ।

 



 यसैगरि अभियानमा स्थानीय संचारमाध्यमबाट अन्तरसंवाद  सरकारी कार्यलयमा महिला हिंसा विरुद्धको प्रतिवद्धता पत्रराख्ने  महिला हिंसा विरुद्धको शुभकामना कार्डवितरण गर्ने  लगायतका विभिन्न किसिमका कार्यक्रम संचालन गर्ने महिला विकास अधिकृत जमुना भण्डारीले बताईन् ।


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.