पाकिस्तान र अफगानिस्तान सीमाको उत्तर पश्चिम सलाला सैन्य चेक पोष्टमा नेटो हेलिकप्टरको गोलावारीमा परि कम्तीमा २५ जना पाकिस्तानी सेना मारिएका छन् । पाकिस्तानी सेनाका प्रवक्ताले पाकिस्तानको आदिवासी क्षेत्र मोहान्दमा भएको आक्रमणमा सेना मारिएको जनाएका हुन् । पाकिस्तानी सेनाले कुनै कारण बिना नै आक्रमण गरिएको भन्दै नेटोका तर्फबाट अन्धाधुन्ध गोली चलाइएको जनाएको छ । नेटोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घटना लगत्तै पाकिस्तानले अफगानिस्तानमा कार्यरत नेटो सेनाका लागि खाद्यान्न लगायतका वस्तु लैजान प्रयोग गरिंदै आएको आफ्नो सीमा बन्द गरेको छ । यो क्षेत्रमा पाकिस्तानी सेनाले तालिवान विद्रोही विरुद्ध कारवाही गरिरहेको छ । यो क्षेत्रमा अमेरिकी सेनाले पनि तालिवान लडाकु विरुद्धको कारवाहीका क्रममा केही पाकिस्तानी सेना मारिइसकेका छन् ।