‘नेपाल एड्स मिडिया एवार्ड’ घोषणा

काठमाडौ  – यस बर्षको नेपाल एड्स मिडिया एवार्ड छापा माध्यमका लागि नेपाल पाक्षिकका रमण घिमिरे र रेडियो पत्रकारितातर्फ इक्वेल एक्सेसका ‘साथीसंग मनका कुरा’ कार्यक्रम टोलीलाई दिइने भएको छ ।

साथीसंग मनका कुरा टोलीमा सविन सिंह, कला दाहाल, स्वर्णिमा श्रेष्ठ र आयुषा जोशी रहेका छन् । प्रत्येक विधामा रु. ६६,६६७ रुपैयाँ रहेको पुरस्कार नेपाल पत्रकार महासंघ, सूचना विभाग, एचआइभी एड्‍स तथा यौनरोग नियन्त्रण समिति, एचआइभी, एड्‍स तथा यौनरोग नियन्त्रण केन्द र संयुक्त राष्ट्रसंघको एचआर्इभी/एड्‍स कार्यक्रमले संयुक्त रुपमा प्ररदान गर्दै आएको छ ।

पुरस्कार छनौट समितिमा वरिष्ठ पत्रकार हेमबहादुर विष्ट, हिमाल खवरपत्रिकाका सम्पादक किरण नेपाल, नेपाल टेलिभिजनका पवन श्रेष्ठ, स्वतन्त्र पत्रकार रम्यता लिम्बू, राष्ट्रिय एचआइभी एड्‍स महासंघबाट अप्सरा कोइराला, एचआइभी एड्‍स तथा यौनरोग नियन्त्रण केन्द्रका डा. हेमन्त ओझा र नेपाल पत्रकार महासंघका कोषाध्यक्ष शीतल साह रहेका थिए । कान्तिपुर