पर्यटन वर्षको नाममा ब्रह्मलुट

काठमाडौँ । दस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्ष आशातित लक्ष्य पुर् याउन नसक्दै सकिने अवस्थामा पुगेको छ । पर्यटन वर्षलाई सफल बनाउने जिम्मा पाएको पर्यटन बोर्डले उल्लेख्य भूमिका नखेल्दा नै लक्ष्य पूरा हुन नसकेको सम्बद्ध पक्षको भनाइरहेको छ । पर्यटन वर्ष लगभग अन्तिम चरणमा पुगेको र यही मौका छोपेर पर्यटन बोर्डभित्रका केही कर्मचारीहरु लुट मच्याउन लागिपरेको स्रोतको भनाइ रहेको छ । पर्यटन वर्षलाई सहयोग पुर् याउन सरकारबाट पर्यटन बोर्डलाई प्राप्त रकममाथि लुट गर्न पर्यटन बोर्डका कर्मचारीहरुमा हानथाप हुने गरेको स्रोतको दाबी छ । पर्यटन वर्ष २०११ मा सदस्यसचिव एवं पर्यटन बोर्डका निर्देशक काशी भण्डारी पर्यटन वर्षको नाममा लुट मच्याउने क्रममा अघिल्लो पंक्तिमा रहेको स्रोतले बताएको छ ।

 

सदस्यसचिव अर्थात् बोर्डका निर्देशक काशी भण्डारीले पर्यटन वर्षका हरेक काममा छुट्याएको रकममा कमिसन माग गर्ने गरेपछि कतिपय कार्यक्रमहरु त्यसै थन्किन पुगेका छन् भने कतिपय भइसकेका कामको समेत भुक्तानी नभएर हैरान भएको स्रोतको दाबी छ । निर्देशक काशी भण्डारीले पर्यटन वर्षका हरेक काममा कमिसनको कुरा मिलेपछि मात्र स्वीकृति दिने र गरिसकेका कामको कमिसन नपाई भुक्तानी नदिने कार्यबाट पर्यटन वर्ष लथालिङ्ग र भताभुङ्ग त भएकै छ त्योभन्दा पनि हरेक दिन कार्यक्रम लिन आउने र भुक्तानी लिन आउनेको रुवाई र गुनासोले बोर्डका कर्मचारीसमेतलाई लाजले मुख लुकाउनुपर्ने भएको एक कर्मचारी बताउँछन् । बोर्डको एक कर्मचारीका अनुसार निर्देशक काशी भण्डारी कार्यालय समयभर प्रायः बाहिर बस्ने र कार्यालय समयपछि बेलुका ४ बजेदेखि कार्यालयमा उपस्थित भई काम गर्नुले पनि थप अप्ठ्यारो परेको बताउँछन् । पर्यटन बोर्डका एक सेवाग्राही भन्छन् हप्तौँ भयो धाएको तर काम कहिले हुने होइन निर्देशकज्यूलाई भेट्न नै नसकिने रहेछ । उहाँलाई भेट्न त कि प्रधानमन्त्रीको कि मन्त्रीको पावर लगाएर आउनुपर्छ रे आफ्नो त कोही छैन के गर्नु


पर्यटक प्रबद्र्धनको लागि गरेको सानोतिनो रकमको भुक्तानी नपाएर भौँतारिरहनुपरेको छ भनी गुनासो पोख्छन् । पर्यटन वर्ष २०११ लाई सफल बनाउन सदस्यसचिव काशी भण्डारी तीनजनाको कमिटी भए पनि काशी भण्डारीले एकलौटी ढङ्गले कार्य गरिरहेको स्रोतले बताएको छ । तीनजनाको कमिटी बनाएर सामूहिक र पारदर्शी ढङ्गले काम गरौँ भनेर निर्णय त गरियो तर कार्यान्वयन भएको होइन । यहाँ त सदस्यसचिव भण्डारीले एकलौटीरुपले कार्य गरिरहनुभएको छ । सदस्यसचिव भण्डारीको एकलकाँटे प्रवृत्तिबाट पर्यटन वर्षका कर्मचारीसमेत आजित भइसकेको स्रोतको भनाइरहेको छ । सेवाग्राही आएर पर्यटन वर्षका कर्मचारीसँग सम्पर्क राख्ने तर कर्मचारीको कुरा सदस्यसचिवले नसुन्ने भएपछि पटक-पटक सेवाग्राही गुनासो र धम्की सुन्नु परेको एक कर्मचारीले गुनासो रहेको छ ।


आपुू प्रधानमन्त्री पत्नी हिसिला यमिको नजिकको मान्छे भएकोले कसैले आपुूलाई केही बिगार गर्न नसक्ने भन्दै अन्य राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही र पर्यटन व्यवसायीहरुलाई बेलाबेलामा सदस्यसचिव भण्डारीले तसा्रउने गरेको स्रोतको दाबी छ । यसैबीच पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रकि्रया अन्तिम चरणमा पुगेको छ त्यसमा पनि आफ्नो मानिस ल्याउन सदस्यसचिव भण्डारीले चलखेल गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार कार्यकारी प्रमुखमा ज्ञानेन्द्र महतोलाई ल्याउनुपर्ने भन्दै उनी कहिले उपप्रधानमन्त्री विजयकुमार गच्छदार निवास त कहिले पर्यटन मन्त्रालय र कहिले प्रधानमन्त्री कार्यालय र विभिन्न दलका नेताका निवासमा पुग्ने गरेको स्रोतका भनाइ छ । यसैबीच पर्यटन वर्षका सदस्यसचिव भण्डारीको कार्यशैलीबाट आजित भएका कर्मचारीहरुले छिट्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी हाल्ने तयारी गरेको स्रोतको भनाइ छ भने उनीबाट पीडित सेवाग्राही र पर्यटन व्यवसायीले निकट भविष्यमा नै उनीविरुद्ध एक पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।