जलेका नक्सा बन्ने

– वीरेन्द्र केसी


अर्घाखाँची – द्धन्दको बेला माओवादी आक्रमणमा परी जलेर नष्ट भएका नक्सा बनाउनको लागि विशेष नापी कार्यलयको स्थापना गरि काम शुरु भएको छ ।

 

नापी विभाग कित्ता नापी महाशाखाले सन्धिखर्कमा छलफल तथा अन्तरकि्रया कार्यक्रम गरि जिल्लामा जलेका नक्साको पुन नापी गर्ने भएको छ । सन्धिखर्कमा विशेष नापी शाखाको स्थापना गरि तीन वर्ष भित्रमा जिल्लाभरका सबै नक्सा तयार गर्ने भएको हो ।


माओवादीले २०५९ भदौ २३ गते र २०६० फागुन १८ गते दुई पटकसम्म सदरमुकाम आक्रमण गर्दा नापी कार्यालयका सबै कागतपत्र जलेर नष्ट हुदा सर्वसाधारणले दुःख पाएका थिए । जिल्लाका नक्सा तथा श्रेस्ता पुनस्थापना सम्बन्धी राजनीतिक दल कर्मचारी साचारकर्मी लगायत सरोकारवालासँग अन्तरकि्रयापछि नापी विभागका महानिर्देशक कृष्णराज विसीले विशेष नापी कार्यालयको उदघाटन गरेपछि काम शुरु भएको हो । 

 
नापी कार्यालय आक्रमणमा पर्दा सबै कागज जलेर नष्ट हुँदा नक्सा पास गर्ने कठिनाईबाट सर्वसाधारण मुक्त हुने भएका छन । तीन वर्षमा नापी गरी काम सक्न डिजिटल प्रविधिबाट गरिने र १ सय १३ जना प्राविधिक परिचालन गरिने विसीले बताए । नापी भएपछि जग्गा पास गर्न सर्वसाधारणलाई सजिलो हुनुको साथै जग्गाधनीको पुर्जा र कित्ताकाटा छुटाईने उनले बताए ।


नापी कार्यालय प्रमुख देवेन्द्रनाथ यादवले नक्सा तथा श्रेस्ता व्यवस्थापनको काम सकिएपछि जग्गाका सिमा विवाद जस्ता समस्या हल हुने बताए । माओवादी आक्रमणमा परेपछि नापीका सबै कागजपत्र जलेर नष्ट हुँदा नापी कार्यलय नक्सा विहीन बनेको थियो ।

 






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.