परमाणु संयन्त्र निर्माणको विरुद्धमा जर्मनीमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ब्यापक झडप

परमाणु संयन्त्र निर्माणको विरुद्धमा जर्मनीमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ब्यापक झडप भएको छ ।

 

झडपका क्रममा एक सय पचास जना घाइते भएका छन् । परमाणु संयन्त्रका लागि सामान ढुवानी गरिरहेको एक रेललाई जर्मनीको सीमामा प्रदर्शनकारीहरुले रोक्न खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि दोहोरो झडप भएको हो ।

 

रेल प्रवेशका रोक लगाउन लिकमा धर्ना दिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्माले धरपकड गरेको हो । सन् २०२२ को अन्त्यसम्ममा देशको सबै परमाणु संयन्त्र बन्द गर्ने घोषणा जर्मनीले गरिसकेको छ । हाल बिश्वका कयौं राष्ट्रहरुका परमाणु संयन्त्र बन्द गर्न ब्यापक प्रदर्शन भइरहेको छ ।