ट्राफिक अर्घाखाँचीद्धारा “र्सच” अभियानलाई तिब्रता / नक्कली बिलबुक बनाई सबारी साधन चलाउने केही नियन्त्रणमा

अर्घाखाँची ब्युरो – यूएई डेस्क – जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जिल्लामा घट्ने सवारी दुरद्यटनालाई नियन्त्रणमा लिन सुरु गरेको सवारी चेक जाँच अन्तर्रगर्तको “र्सच” अभियानलाई तीब्रता दिएको छ ।


सदरमुकाम सनिधखर्कबाट ग्रामिणर् इलाकमा छुट्ने बस तथा जिपहरुले यात्रुहरुको ज्यानको प्रत्याभुति नगरि गाडिको क्षयमता भन्दा बढी यात्रु राखि दुद्यटना निम्ताउन सक्ने भन्दै ट्राफिक प्रहरीले जिल्लाको सदरमुकामको साथै ग्रामिणर् इलाकाका बिभिन्न नाकाहरुमा समेत सवारी चेक जाँच अन्तर्रगर्तको “र्सच” अभियानलाई तिब्रता दिएको हो ।


र्सच अभियानमा नियम बिपरित चल्ने चलाउने सबारी साधन तथा चालकलाई नियन्त्रणमा लिई पहिले सम्झाई छोड्ने र फेरी त्यस्ता क्रियाकलाप नर्गन सचेत पार्ने गरेको र एक पटक सम्र्झइ बुर्झइ गरेका सबारी चालकले फेरी त्यस्तै गतिबिधि दोहोराए कारबाही स्बरुप नियमअनुसारको जरिबाना गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रहरी साहयक निरिक्षक खुम बहादुर कुबँरले बताउनुभएको छ ।


उहाँले बिना हेलमेट मोटरर्साईकल चलाउने,डिजिटल नम्बर पिलेट प्रयोग गर्ने ,बिना लाईसन्स मोटरर्साईकल चलाउने लगायत ट्राफिक नियम मिच्नेलाई समेत कारबाही गरेको बताउनु भएको छ । र्सच अभियानको क्रममा केही दिन अघी जिल्लाको सन्धिखर्कको साथै ग्रामिणर् इलाकाका केही नाकाहरुमा नक्कली बिलबुक बनाई सबारी साधन चलाउने केही चालक तथा सबारी साधनलाई नियन्त्रणमा लिई प्रक्रिया अगाडी बडाएको समेत उहाँले बताउनुभएको छ ।


प्रहरी साहयक निरिक्षक कुबँरले नक्कली बिलबुक बनाई सबारी साधन चलाउने केही चालक तथा सबारी साधनलाई चेक जाँचको क्रममा सन्धिखर्कको हस्पिटललाईनको चोकबाट लु ३ प ७८४० नम्बरको मोटरर्साईकल चेक जाँचकै क्रममा जिल्लाको ग्रामिणर् इलाकाको नाकाको रुपमा लिईने वाङ्गला गा.वि.सको चोकबाट लु४प १७८०नम्बरको मोटरर्साईकल, जिल्लाको बल्कोट गा.वि.सको चोक बाट लु४ प ३४७५ नम्बरको मोटरर्साईकल र सोही ठाउँको चोक बाटै लु४ प ३६९५ नम्बरको मोटरर्साईकलका चालकले नक्कली बिलबुक बनाई सबारी साधन चलाई रहेको अबस्थामा चालक तथा सबारी साधनलाई नियन्त्रणमा लिईएको बताउनु भयो ।


उहाँले नियन्त्रणमा लिएका सबारी साधनको अनुसन्धानको प्रक्रिया अगाडी आफुले बडाएको बताउनुभएको छ । माथी उल्लेखित निम्न नम्बरको मोटरर्साईकलका चालकले आफ्नो सम्पूर्ण डकुमेन्ट्री लिई दावी गर्न आएमा अनुसन्धान पछि ति माटरर्साईकलका सम्बन्धि ब्यक्तीलाई फिर्ता गर्न सकिने  अन्यथा दावी गर्न कोही नआएमा भैरहवा भन्सार कार्यालयमा पर्ठाईने समेत प्रहरी साहयक निरीक्षक कुबँरले बताउनुभएको छ ।

 








Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.