भ्याट विल काट्दैनन् अर्घाखाँचीका व्यापारी

– गणेश खनाल


सहयोगी – यूएई डेस्क – जिल्लाका अधिकाशं व्यापारीले विक्रि गरेको सामानको सक्कली भ्याट विल नकाटी राज्यलाई लाखौको राजस्व छलिरहेका छन् । व्यापारीले भ्याट विल नकाटी सामान विक्रि गरेको विषयमा कहिल्यै पनि सम्बन्धित निकायबाट अनुगमन भएको पाईदैन।


कम आम्दानी देखाउन बर्षौदेखी भ्याट विल प्रयोग नगरेको भएपनि उनिहरुलाई करको दायरमा ल्याउनको लागी आन्तरिक राजस्व कार्यालय सामन्य गोष्ठी बाहेक अन्य केही प्रकृया अपनाएको पाईदैन ।


जिल्लाका हस्ती मानिएका व्यापारीहरुले समेत भ्याट विल प्रयोग भएको विल नकाट्ने गरेको उपभोत्ताहरुको आरोप रहेको छ ।


भ्याट प्रयोग नगरेर कम राजस्व बुझाएर व्यापारीहरु उम्किरहेको चाल भएको कार्यालयले कुनै अनुगमन तथा नियन्त्रण गर्न चासो नदेखाउनुले कार्यालयको कुनै न कुनै रुपमा मिलोमोतो भएको उपभौत्ताको भनाई रहेको छ।


सदरमुकाम सन्धिर्खक,चुत्राबेशीका व्यापारीहरुले भ्याट विल नै नकाटी सामान विक्रि गरिरहेका छन्।यि व्यापारीहरुले दैनिक जसो लाख भन्दा माथी कारोवार गर्ने गर्छन् । उपभौत्ताले विल माग्दा सम्म व्यापारीहरुले सादा विल दिने गरेको उपभोत्ताको गुनासो छ ।


अर्थ मन्त्रालयले अनिवार्य भ्याट विल प्रयोग गरि सामान विक्रि वितरण गर्न निर्देशन गरेपनि कार्यान्वयन गर्ने निकाय नतमस्तक भएर बस्दा राज्यले राजस्वमा घाटा खानु परेको सरोकारवालाहरु बताउछन ।


सरकारले वाषिर्क रुपमा २० लाख कारोवार गर्ने व्यवसायीले अनिवार्य भ्याट विल प्रयोग गर्नु पर्ने नियम बनाएको छ । जिल्लामा १ सय भन्दा बढी वाषिर्क रुपमा २० लाखको कारोवार गर्ने व्यापारीहरु रहेको उधोग वाणिज्य सघंको भनाई छ ।


सन्धिर्खकका धेरै जसो व्यापारीले भ्याट विल प्रयोग गदैनन्,हललाईनका एक होटल व्यापारीले भने,महिनामा खासै व्यापार नहुने भएकाले पनि विल प्रयोग नहुने उनको भनाई छ ।


ठुलठुला किराना पसल,हाड्वयेर,कम्प्युटरका पाटपुर्जा विक्रि वितरण गर्ने व्यापारीहरुले भ्याट विल प्रयोग नगरेको पाईन्छ । यता निमित्त प्रमुख जिल्ला अधिकारी भेषराज खनालले अर्थ मन्त्रालयले एक समिती गठन गरि छानविन सुरु गर्न निर्देशन दिएको बताउदै कडाईका साथ काम अगाडी बढाउने बताउनुभयो।










Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.