सभासदको श्राद्ध गर्नेलाई सन्धिखर्कको शान्ती बगैचाबाट पक्राउ


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची १४ मसिर । अर्घाखाँचीको सन्धिखर्क स्थित शान्ती बगैचावाट ६०१ जना सभासदहरुको श्राद्ध गर्दै हिड्ने बर्दियाका राकेसकुमार शर्मालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

 



श्राद्ध गर्ने तयारी गरिरहेको अबस्थामा शर्मालाई प्रहरीले शान्ती बगैचाबाट प्रहरीले पक्राउ गरेको हो ।

 


 

६०१ जना सभासदले समयमै संबिधान निर्माण र शान्ती प्रकृयालाई निस्कर्षमा पुराउन नसकेको भन्दै  बर्दीया गुलरियाका राकेस शर्माले देशका बिभिन्न स्थानमा सभासदको श्राद्ध गर्दै हिड्ने गरेका छन् ।

 



सभासदको दुई बर्ष पछि म्याद सकिएको र म्याद सकिए पछिका सभासद मृत सरि भएकाले आफुले श्राद्ध गर्दै हिडेको शर्माले बताएका छन् ।

 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.