स्वच्छ माया लगाउला है

– तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

 

फुल टिप्न चाहन्छु मैले कोपिला टिप्ने होइन
जबरजस्ती गरिकन हामीले माया लाउने होइन
माया भन्ने कस्तो हो भनि मुटुलाई नै चिर्ने
दुइ मुटु एकै भावनालाई एकै आँखा ले हेर्ने


गर्नु पर्छ माया हामीले धोखा कसैलाई दिने होइन
अर्काको छोरी चेलीलाइ कहिल्लै बिगारी दिने होइन
माया हाम्रो एस्तो हुनुपर्छ अमर भएर जाओस
दुख्ख सुख्ख मिलि बसी विश्वास मा नै रहोस


विश्वास गर्न सक्छौ भने माया सफल हुन्छ
छैन मनमा विश्वास भने असफल नै हुन्छ
ध्यान दिनु होला सबैले माया प्रिती लाउदा
यो त ठुलो धनवान छ नभन्नु होला मिठो बचन पाउदा



माया लाउनु भन्दा पहिला जानकारी राम्रो होस्
दुबैजना मन पेट साफ बनाइकन परिचय नै देओस
धोखा हामीले पाउने होइन केटा होस् वा केटि
शिक्षित माया लगाएमा चढाई दिउला भेटि



विरुवा लगाएर मात्रै हुदैन तेस्को संरक्षण गरे
माया मात्रै लगाएर हुदैन मायाको विश्वास मा परे
माया भन्ने अमुल्य चिज हो सम्झिएर ल्याउदा
गाउमै  भेट हुम्ला सानु म  फर्किएर आउदा