काठमाडौ, मंसिर १६ बेलायत, आयरल्याण्ड र डेनमार्क जस्ता देशमा पढ्न पठाउने भन्दै बिद्यार्थीसित मोटो रकम असुलेर फरार एक कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।
बागबजास्थत अरोमा इन्टरनेशलन एजुकेसन प्रालीका सञ्चालक लिला थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बिहीबार पक्राउ गरेको हो । उनले ११ बिद्यार्थीलाई बिभिन्न देश पठाउने भन्दै ४५ लाख ५७ हजार ६ सय १६ रुपैंया लिएको प्रहरीले जनाएको छ ।
थापाले २०६४ कात्तिकमा उक्त कन्सल्टेन्सी खोलेर विदेश पठाउने भन्दै ठगी गरिरहेको ब्युरोले जनाएको छ । तर उक्त संस्थाले बिद्यार्थीलाई अध्ययन अनुसन्धान तथा परामर्स दिने मात्र अनुमती लिएको छ । थापा बिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा १४ बिद्यार्थीले ठगिएको उजुरी दिएका थिए । तिनीहरुमा दिनेश बहादुर शाही, श्रवण न्यौपाने, बिनोद आचार्य, राजन सुवेदी, टिका केसी, बुद्ध बिक, दुर्गाबहादुर तामाङ, मनोज पुन, श्याम घले, तेम्बा सेर्पा, नवराज श्रेष्ठ, गोकर्ण प्रसाद तिवा, रामकुमार चापागाई, मुकुन्द रिजालसहित रहेका छन् ।
प्रहरीका अनुसार लिला पैसा लिएपछि भागेर बिदेश गएका थिए । उनी गत कार्तिकमा स्वदेश फर्किएर पनि भागिरहेको प्रहरीले जनाएको छ ।