इरानको बिबादास्पद परमाणु कार्यक्रमलाई लिएर युरोपियन युनियनले ३९ जना इरानी अधिकारी र १ सय ४१ कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघले इरानले परमाणु कार्यक्रम अन्तर्गत परमाणु हतियार बनाउने गरेको प्रतिबेदन हालै सार्वजनिक गरेपछि बेल्जियमको राजधानी ब्रसल्समा युरोपियन युनियनको हालै भएको बैठकले उक्त निर्णय गर्नुका साथै इरानको उर्जा क्षेत्रलाई लक्ष्य बनाई नयाँ कदम उठाउने निर्णय पनि गरेको छ ।
प्रतिबन्धित ब्यक्तिहरुमाथि बिदेश भ्रमणमा रोक लगाइनुका साथै उनीहरुको सम्पती लेनदेनमा पनि रोक लगाइने छ । यो प्रतिबन्धले इरानको बित्तिय ब्यबस्था, यातायात र उर्जा क्षेत्रमा नराम्रो पर्ने अनुमान गरिएको छ । इरानको राजधानी तेहरानस्थित बेलायती दूताबासमा हालै भएको आक्रमणपछि रुष्ट बनेको युरोपियन युनियनले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।