गत तीन महिनादेखि पाकिस्तानबाट हराएका अमेरिकी नागरिक वारेन वेनस्टीन आतंकवादी संगठन अलकायदासँग रहेको खुलासा भएको छ । भिडियोमार्फत अलकायदा नेता आयमन अल जवाहिरीले जारी गरेको सन्देशमा वेनस्टीन आफनो कब्जामा रहेको पुष्टी गरिएको हो । पाँच बर्षदेखि अमेरिकाका लागि पाकिस्तानमा रही यु.एस.एडमा कार्यरत वेनस्टीन कसरी अलकायदाको कब्जामा परे भन्ने खुलाइएको छैन ।
वेनस्टीनको रिहाईका लागि अफगानिस्तान र पाकिस्तानमा जारी अमेरिकी हवाई आक्रमण बन्द गर्नुपर्ने र अमेरिकामा बन्दी बनाइएका ओसामा बिन लादेनका नातेदार र केही कैदीलाई छोड्नुपर्ने शर्त अलकायदाले राखेको छ । यसअघि अमेरिकी आग्रहपछि पाकिस्तानले वेनस्टीनको खोजी गरिरहेको थियो ।