काठमाडौ । स्थानीय विकास मन्त्री एवम एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले राष्ट्रियताको प्रतिकको रुपमा आफूले अब राष्ट्रिय पोसाक दौरा र सुरुवाल लगाउने घोषणा गरेका छन् । त्यसको लागी आफूले आजै दौरा सुरुवाल सिलाउन दिने समेत प्रतिबद्धता ब्यक्त गरे ।
काठमाडौमा शनिवार आयोजना गरेको साक्षात्कारमा उनले जीवनमा अहिलेसम्म आफूले एक पटकमात्र दौरा सुरुवाल लगाएको स्मरण गर्दै दौरा सुरुवालप्रति आफ्नो अगाध सम्मान रहेको बताए ।
जातियताको नाममा संघीयता हुने विषयमा बहस चलेकोमा आफू क्षेत्रीय भएको नाताले पनि राष्ट्रिय एकताको प्रतिकको रुपमा आफूले दौरा सुरुवाल लगाउने निर्णय गरेको बताए । उनले साम्प्रदायिक विभेद छोडाउन पनि बाहुन र क्षेत्रीका छोराले दौरा सुरुवाल लगाउन आवश्यक रहेको तर्क गरे । उनले भने